काठमाडौँ – सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सोचे अनुसारको काम गर्न नसकेको बताएकी छन् ।


ADVERTISEMENT


सोमबार पत्रकारसम्मेलन गर्दै आफू मन्त्री बनेको १०० दिनको समीक्षा गर्दै मन्त्री झाँक्रीले प्रदेश र संघीय सरकारी निकायबीच नै समन्वय नहुँदा सोचे अनुसारको काम गर्न नसकिएको बताएकी हुन् ।


ADVERTISEMENT

# # #


उनले सहरी क्षेत्रमा बसोबास गर्ने आमजनमासको अपेक्षालाई मध्यनजर गर्दै आफूले काम गरिरहेको उनले बताइन् । उनले सहरी विकास ऐनमाथि छलफल गर्नका लागि सबै नगरपालिकाका प्रमुख, उपप्रमुख र प्राविधिक टिमसँग छलफल गर्नका लागि कार्यतालिका नै बनाएको जानकारी दिइन् ।

बाग्मती वरपरका परियोजनाहरुमा अहिले गतिका साथ काम भइरहेको बताउँदै मन्त्री झाँत्रीले बागमती सफाइ गर्न पानीको ड्याम बनाउने कार्य भइरहेको जानकारी दिइन् ।

‘बागमती नदीको बहाव सफा गर्न नागमती ड्याममा यही वर्खामा पानी संकलन गर्दैछौँ । नागमतीको तल्लो धाप ड्यामको निर्माणका लागि प्रारम्भिक कार्य सुरु भएको छ ।’ उनले वागमती नदीलाई ढल मुक्त र अतिक्रमण मुक्त बनाउने प्रतिवद्धता समेत जनाइन् ।

मन्त्री झाँक्रीले काठमाडौँका घनावस्तीमा पनि खाली ठाउँ खोज्ने प्रक्रिया अघि बढेको बताइन् । उनले काठमाडौँमा बाहिरी चक्रपथकोबारेमा पनि कुरा भइरहेको उल्लेख गरिन् ।