नयाँ दिल्ली – भारतमा कोभिड १९ का कारण पछिल्लो २४ घन्टामा ३८५ जनाको मृत्यु भएको छ । ओमिक्रोन भेरियन्ट फैलिएसँगै भारतमा कोभिड महामारी दिनहुँ बढिरहेको छ ।


ADVERTISEMENT


त्यस्तै, पछिल्लो २४ घन्टामा २ लाख ५८ हजारमा संक्रमण देखिएको छ । पछिल्लो समय कोभिबाट स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकारलगायत अग्रमोर्चामा खटिएका व्यक्ति प्रभावित हुन थालेका छन् । मुम्बईमा एकै दिन ३५ सुरक्षाकर्मीमा कोभिड देखिएको छ ।


ADVERTISEMENT

# # #


कोभिडबाट विभिन्न राज्य प्रभावित छन् । महाराष्ट्र, केरला र नयाँ दिल्लीमा संक्रमण दर तीव्र फैलिएको छ । एजेन्सी