काठमाडौँ– काठमाडौँ उपत्यकाका पत्रकारलाई पनि बुस्टर खोप दिइने भएको छ । काठमाडौँ महानगरपालिकाले आजबाट पत्रकारलाई पनि बुस्टर डोज दिने निर्णय गरेको हो ।


ADVERTISEMENT


कोरोनाविरुद्धको दोस्रो डोज लगाएको समायावधि ६ महिना पूरा भएको पत्रकारले बुस्टर डोज अनुरुप थप खोपको एक मात्रा लिन सकिने भएको हो । खोप लगाउन जाँदा पत्रकारले परिचय पत्रसहित खोप कार्ड अनिवार्य रुपमा लिएर जानुपर्नेछ ।


ADVERTISEMENT

# # #


काठमाडौँ उपत्यकामा हाल वितरण गरिरहेको खोप केन्द्रबाट नै पत्रकारहरुले थप एक मात्रा प्राप्त गर्न सक्नेछन् ।

हाल खोप वितरण भइरहेका खोप केन्द्रहरु

१. वीरेन्द्र सैनिक अस्पताल, छाउनी
२. नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज
३. सशस्त्र प्रहरी अस्पताल, बलम्बु
४. त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज
५. वीर अस्पताल, महावौद्ध
६. परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, थापाथली
७. शहीद शुक्रराज अस्पताल, टेकु
८. निजामती कर्मचारी अस्पताल, नयाँ बानेश्वर
९. सुभेक्षा अस्पताल, सितापाइला
१०. जनमैत्री अस्पताल, बालाजु
११. पिपुल्स डेन्टल कलेज, सामाखुशी
१२. नर्भिक अस्पताल, थापाथली
१३. नोबल अस्पताल, सिनामंगल
१४. बयोधा अस्पताल, बल्खु
१५. शहीद मेमोरियल अस्पताल
१६.एपेक्स पोलिक्लिनिक, जडिबुटी
१७. ग्रान्डी अस्पताल, धापासी
१८. काठमाडौँ मोडेल अस्पताल, प्रदर्शनी मार्ग

 

सरकारले तत्कालका लागि अग्रपंक्तिमा काम गर्नेहरुलाई बुस्टर डोज दिने निर्णय गरेको हो । सोमबारदेखि शुरु भएको बुस्टर डोज खोप कार्यक्रममा हिजो स्वास्थ्यकर्मीहरुलाई वितरण गरिएको थियो । यस्तै, आगामी माघ १४ देखि ६० वर्षभन्दा माथिका व्यक्तिलाई बुस्टर डोज दिइने पनि जनाइएको छ ।

पत्रकारको सन्दर्भमा नेपाल पत्रकार महासङ्घ ललितपुरले भने सोमबारदेखि नै ललितपुरका पत्रकारहरुलाई बुस्टर डोज लगाउन शुरु गरिससकेको छ ।