काठमाडौं – देशभर आज (बिहीबार)को मौसममा आंशिकदेखि सामान्यतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पहाडी भेगका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।


ADVERTISEMENT


देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जारी गरेको सूचनामा उल्लेख छ ।


ADVERTISEMENT

# # #


अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ । साथै पश्चिम र पूर्वी तराई भेगमा हुस्सु र कुहिरो लागेको छ ।

आज राति पनि देशभर आंशिकदेखि सामान्यतया बदली रहने पूर्वानुमान मौसमविद्ले गरेका छन् । प्रदेश १, बागमती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको मौसमविद्ले जानकारी दिएका छन् । विभागका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ ।