काठमाडौं – उर्जाशील कर्म गर्ने प्रहरीहरूलाई पहिलाे नम्बरका एसएसपी सन्दिप  भण्डारीले सम्मान गरेका छन् । अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य प्रहरी बरीष्ठ उपरीक्षकसमेत रहेका भण्डारीले बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच प्रहरीहरूलाई सम्मान गरेका  हुन् ।


ADVERTISEMENT


भण्डारीले सम्मान कार्यक्रममा विभिन्न पदका  प्रहरीहरूलाई दर्ज्यानी चिन्ह शुसोभन गरी उर्जाशील कर्म गर्ने प्रहरीहरूलाई प्रोत्साहन गरे ।


ADVERTISEMENT

# # #


कार्यक्रममा भण्डारीले बढुवा भएका सम्पूर्ण प्रकहरुलाई बधाई तथा शुभकामनासमेत व्यक्त गरे ।

कार्यक्रममा  राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत रहेका प्राविधिक समूहतर्फका प्रहरी जवानबाट प्रहरी हवल्दार,प्रहरी हवल्दारबाट प्रहरी सहायक निरीक्षक र प्रहरी सहायक निरीक्षकबाट प्रहरी नायव निरीक्षक क्रमश: प्रनानि दिपेन्द्र अधिकारी, प्रसनि विष्णु बहादुर भाट र प्रह ज्योती प्रकाश अवस्थीलाई दर्ज्यानी चिन्ह शुसोभन गरी बढुवा गरिएको थियो ।

 

यसैगरी बुधबारबाट अवकाश प्राप्त भएका पूर्व प्रनानि नेत्र बहादुर जर्गामगरलाई एक पद पदोन्नती गरी  मायाको चिनो प्रदान गर्नुका साथै उनले संगठनलाई पुर्याएको उर्जाशिल र उर्वरशील समय र योगदानको उच्च कदर गरिएको थियो ।

साथै उनको आगामी अवकाश पछिको जीवन सुखमय होस भनी भण्डारीले शुभकामनासमेत व्यक्त गरे ।