काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा आज अपराह्न ३ बजे सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री देउवाले वर्तमान सरकार गठन भएको ६ महिना पुगेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।


ADVERTISEMENT


नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले गत असार २९ गते प्रधानमन्त्रीको शपथ लिएका थिए । प्रधानमन्त्री देउवाले सम्बोधनका क्रममा सरकारका काम–कारबाहीबारे समेत जानकारी दिने बताइएको छ ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्रीका रुपमा पाचौँ पटक कार्यभकाल रहेको देउवाको उक्त सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने उनको निजी सचिवालयले जनाएको छ ।