काठमाडौं – कोरोनाको प्रकोप दिनानुदिन बढिरहेको छ । कोरोना भगाउनका लागि  रोग प्रतिरोधात्मक क्षमताको वृद्धि गर्नु आवश्यक रहे पनि नेपालीहरु यसमा ध्यान दिइरहेका छैनन् । यसका लागि खानासंगै शारीरिक सक्रियतालाई पनि विशेष प्राथमिकता दिनुपर्छ भन्ने चिकित्सकहरु बताउँछन् ।


ADVERTISEMENT


व्यक्तिगत स्वास्थ्यमा ध्यान दिनु नै गुणस्तर जीवनयापनको विधि भएको विज्ञको सल्लाह छ ।  खानाबिना व्यक्ति बाँच्न सक्दैन भने सन्तुलन आहारको अभावमा व्यक्तिमा विभिन्न स्वास्थ्य समस्याहरु देखा पर्दछ । तसर्थ स्वस्थ जीवनशैलीका लागि पनि व्यक्तिलाई मौसम अनुरुपका भिन्न–भिन्न खानाको आवश्यकता पर्छ ।


ADVERTISEMENT

# # #


नेपालको सन्दर्भमा भन्नुपर्दा, हाल जाडोयामको मौसम छ । र, यसबीचै कोरोना संक्रमितको संख्या उकालो लाग्ने क्रम पनि रोकिएको छैन । तसर्थ एकातिर जाडो मौसम र अर्कातर्फ रोगको महामारीका बीच कस्तो खानाको सेवन गर्ने  भन्ने बीचको अन्योलताले पनि धेरैलाई सताएको देखिन्छ ।

मौसम परिवर्तनसंगै कोरोना संक्रमणको समेत भय रहदा सर्वप्रथम त, हामीले शरीर प्रतिरोध क्षमता बढाउनका लागि स्वस्थकर खानेकुरामा बाहिर तयारी अवस्थामा पाइने खानाभन्दा घरमै पाइने स्वस्थ र ताजा खानालाई बढि प्राथमिकता दिनुपर्छ । यससंगै हामीले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने मौसमी फलफुल र तरकारीको पनि उत्तिकै समान रुपमा उपचोग गर्नुपर्छ । तसर्थ हामीले शरीरमा प्रतिरोध क्षमता वृद्धि गर्नका निम्ति निम्न खानाहरुमा विशेष जोड दिनुपर्छ ।

चामल, कोदो, फाँपर, गहुँ, रायो, जौ र मकैजस्ता अनाज सेवनले शरीरलाई स्वस्थ र स्फुर्त राख्न मद्दत गर्छ । यस्ता खानाबाट मात्रै हामीले ३० प्रतिशत क्यालेरी प्राप्त गर्न सक्छौ, भने अन्नलाई प्रोटिन, मिनरल्स र भिटामिनको पनि उचित स्रोत समेत मानिन्छ । तसर्थ यस्ता खानाको सेवनले शरीरमा प्रतिरोध क्षमताको वृद्धि गर्नुका साथै व्यक्तिलाई स्वस्थ रहन समेत महत्वपुर्ण भुमिका खेल्दछ ।

टुसा उम्रेको गेडागुडिलाई प्रतिरोध प्रणाली बुस्ट गर्ने उचित आहारको रुपमा लिइन्छ । शरीरमा रहेका विषाक्त पदार्थलाई बाहिर निकाल्न समेत मद्दत गर्ने यो स्वस्थ मुटुको निम्ति पनि निकै लाभदायिक रहको छ । तसर्थ यस्ता समयमा व्यक्तिले आफ्नो खानामा सकेसम्म दिनहुँ वा हप्तामा कम्तिमा २ देखि ३ पटकसम्म यस्ता खानालाई आफ्नो आहारमा समावेश गर्नुपर्छ ।

नेपाली भान्सामा दैनिक रुपमा प्रयोग गरिने दाल, भात, तरकारी र रोटिको सम्मिश्रण भएको खानालाई पनि स्वास्थ्यको दृष्टिकोणले उत्तिकै स्वास्थकर मानिन्छ । बाहिर बजारमा सजिलै उपलब्ध हुने खानाको तुलनामा यी खानाले शरीरलाई उचित रुपमा ऊर्जा प्रदान गर्छ भने अर्कातर्फ यस्ता खाना शरीरले सजिलै पचाउन सक्ने भएकाले पनि हामीले यस्ता खानाको प्रयोग गर्नु उपयुक्त रहन्छ ।

पानीले शरीरमा भएका विषाक्तलाई पसिना र पिसाबको माध्यमबाट बाहिर फाल्न मद्दत गर्छ । यसको अभावमा शरीर सुख्खा हुने, गल्ने, जाँगर नलाग्ने र विभिन्न अंगहरु सम्बन्धि अनेकौं समस्या देखिने सम्भावजा रहन्छ । तसर्थ यसकारण पनि हामीले पानीको सेवन पर्याप्त मात्रामा गर्नुपर्छ । यसका लागि हामीले कम्तिमा दैनिक ८ गिलास पानी अनिवार्य रुपमा पिउनु पर्छ भने कहिलेकाहिँ गेडागुडिको रस, दाल र अन्य झोलिलो खानाबाट पनि यसको पूरक प्राप्त गर्न सकिन्छ ।

स्वास्थ्य शरीरका निम्ति भिटामिन–सी लाई अत्यन्त महत्वपुर्ण पोषक तत्वको रुपमा लिइन्छ । यसले व्यक्तिमा देखिने दिर्घरोगको जोखिमलाई कम गराउनुका उच्च रक्तचाप, मुटुरोग तथा युरिक एसिडजस्ता आदि रोगबाट पनि टाढा राख्न उत्तिकै मद्दत गर्दछ । यस्तै, जिंकले पनि शरीरमा प्रतिरोध क्षमताको वृद्धि गर्दै मधुमेह रोकथामको निम्ति अहम् भुमिका निर्वा गर्दछ । तसर्थ यी दुवै हाम्रो शरीरको निम्ति अत्यावश्यक खनिज तत्व हो । यसैगरि यसैको अभावमा पनि व्यक्तिमा कोरोना संक्रमणसंगै अन्य रोग देखिने सम्भावना पनि उच्च रहन्छ । तसर्थ यसका लागि पनि हामीले भिटामिन सी र जिंकयुक्त खाद्यान्नको प्रयोग गर्नुपर्छ । जसअन्र्तगत बन्दा, ब्रोकाउली, हरियो खुर्सानी, एभोकाडो, काजु, सुन्तला, गोलभेडा र गेडागुडि आदि पर्दछ ।

यसबाहेक हामीले शरीरको प्रतिरोध क्षमता बढाउनको निम्ति खानाको सेवन गरेर मात्रै हुदैन । शरीरले ती खाना पचाउन पनि उत्तिकै जरुरी रहन्छ । अन्यथाः यसैका कारण शरीरमा ग्यास्ट्रिक, कब्जियत, मोटोपन र अपचका अन्य थप समस्याहरु देखिने सम्भावना पनि उत्तिकै रहन्छ । तसर्थ यस्ता समस्या नदेखियोस् भन्नका लागि हामी शारीरिक रुपमा पनि उत्तिकै सक्रिय रहनुपर्छ । तसर्थ यसका लागि व्यक्तिले लामो समय एकै ठाउँमा नबसी कुनै न कुनै काममा संलग्न भएर शरीरलाई सक्रिय राख्नुपर्छ । यसका लागि नियमित शारीरिक व्यायाम, योगा, नृत्य, खेलकुद र साइकलिङजस्ता आदि क्रियाकलापको सहायता लिन सकिन्छ ।