काठमाडौँ – दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न मौरिससको टिम नेपाल आईपुगेको छ ।


ADVERTISEMENT


पहिलो पटक नेपालसँग मैत्रीपुर्ण खेल खेल्न लागेको मोरिसस टिमका खेलाडी र अफिसियललाई एन्फा पदाधिकारीले विमानस्थलमा स्वागत गरेका छन् । दशरथ रंगशालामा माघ १५ र १८ गते हुने खेलका लागि मोरिससको टिम काठमाडौं पुगेको हो । टिम काठमाडौंको भिभान्ता होटेलमा बस्नेछ । मोरिसस टिमको काठमाडौं पुगेपछि कोरोना परीक्षण हुनेछ, त्यसपछि उनीहरुको प्रशिक्षण तालिका राखिनेछ ।


ADVERTISEMENT

# # #


खेल भन्दा पाँच दिन अगाडी नै काठमाडौं पुगेको मोरिसस टिमसँगको मैत्रीपुर्ण खेलका लागि नेपाली टिम अहिले बन्द प्रशिक्षणमा रहेको हो । नेपालसँगको खेल मार्चमा हुने अफ्रिकन कप अफ नेशनन्सको छनोटको तयारीका रुपमा मोरिससले लिएको छ । नेपालसँगको खेल निकै कठिन हुने बताउँदै आफ्नो लक्ष्य राम्रो फुटबल खेलेर नेपाललाई राम्रो प्रतिस्पर्धा दिने रहेको प्रशिक्षकले बताए ।

नेपाल आएको मोरिससको टिमका केही मुख्य खेलाडीमा कोभिड भएकाले टिमसँग छैनन् । यसका साथै अरु केही खेलाडी घाइते हुँदा नेपाल आएको छैनन् ।