भक्तपुर – भक्तपुरका औषधि पसल एवं फार्मेसीमा सिटामोल अभाव भएको छ । घरघरमा ज्वरो तथा रुघाखोकीका बिरामी थपिँदै गएपछि सिटामोलको माग बढे पनि आपूर्ति नहुँदा सिटामोलको अभाव भएको छ । भक्तपुरमा फार्मेसी सञ्चालक रुद्र न्यौपानेले सिटामोलको माग धेरै भएको तर आपूर्ति भने शून्य जस्तै भएकाले सिटामोलको अभाव भएको बताए ।


ADVERTISEMENT


प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भक्तपुरमा सिटामोलको अभाव भएको पाइएको बताइन् । सिटामोलको अभाव भएको व्यापक गुनासो आएपछि प्रशासनले यहाँको मुख्य बजार सूर्यविनायक, कमलविनायक, दुधपाटीलगायतका क्षेत्रका २० वटा औषधि पसलको अनुगमन गर्दा सिटामोलको अभाव पाइएको उनले बताइन्।


ADVERTISEMENT

# # #


उनले भनिन्, “गुनासो धेरै आयो, हामीले २० भन्दा बढी औषधि पसलमा अनुगमन गर्यौं, सिटामोलको वास्तविक अभाव भएकै पाइयो ।” उनले औषधि व्यवस्था विभागमा यसबारे बुझ्न लगाएको जानकारी दिए । भक्तपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा सुमित्रा गौतमले भक्तपुर अस्पालमा भने सिटामोलको अभाव नभएको बताएइन् । उनले भनिन्, “हाम्रो अस्पतालमा सिटामोल छ, अहिले पनि अस्पतालको फार्मेसीमा चार हजार ५०० सिटामोल छ, स्टोरमा पनि छ, भक्तपुर अस्पतालले आफ्नो अस्पतालमा आउने बिरामीलाई चिकित्सकको सिफारिसअनुसार निःशुल्क सिटामोल दिइरहेको छ ।”

ज्वरोको बिरामी ह्वात्तै बढ्दा बाहिर सिटामोल अभाव भएको हुनसक्ने भन्दै उनले भक्तपुर अस्पतालमा दैनिक ७०० भन्दा बढी बिरामी बहिरङ्ग सेवा लिन आउने गरेको बताइन् । त्यसमध्येमा २५० भन्दा बढी बिरामी ज्वरो आएकै बिरामी हुने गरेको जानकारी दिँदै उनले ज्वरोको बिरामी भने निकै बढेको बताइन् ।

कोरोना सङ्क्रमित बिरामी पनि थपिँदै जादा अस्पतालको शय्या भरिन थालेको छ ।अस्पतालमा रहेको ६ शय्याको आयूसियू कोरोनाका विरामीले भरिएको र आइसियू नचाहिने कारोनाका बिरामीलको चाप पनि बढेको छ ।

मेसु डा गौतमले अस्पतालले दैनिक गर्ने कोरोनाको पीसीआर परीक्षणमा ८५ प्रतिशतसम्म पोजेटिभ आउने गरेकोमा आइतबार भएको परीक्षणमा भने ६५ प्रतिशतलाई कोरोना सङ्क्रमण देखिएको छ भनिन् । रासस