काठमाडौँ – नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को पाँचौँ संस्करण आगामी चैत्र १० देखि १४ गतेसम्म काठमाडौँमा हुने भएको छ । ‘विश्वभरिका कथाहरुको उत्सव, नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नाराका साथ आयोजना हुने महोत्सवका लागि ३८ देशका ८९ वटा चलचित्रहरु छनोट भएका छन् ।


ADVERTISEMENT


महोत्सवका लागि प्राप्त ५५ देशका ४ सय भन्दा बढी चलचित्रहरुमध्येबाट निश्चित मापदण्डमा रहेर निफ चलचित्र छनोट समितिले गरेको सिफारिसका आधारमा ५५ देशका ८९ वटा चलचित्रहरु छनोट गरिएको आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठान (एनएफसीए)का अध्यक्ष केपी पाठकले जनाएका छन् । उनका अनुसार महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत फिचर फिल्म, एनिमेटेड फिल्म, वित्तचित्र (डकुमेन्ट्री) र सर्ट फिल्महरुको आवेदन परेको थियो ।


ADVERTISEMENT

# # #


यस्तै राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत फिचर फिल्म, डकुमेन्ट्री (वित्तचित्र) र सर्ट फिल्म (लघुचलचित्र)हरुको आवेदन परेको आयोजकले अध्यक्ष पाठकले जानकारी दिए । ‘फिल्म कल्चर’को विकास गर्ने उद्देश्यसहित सुरु भएको निफमा यस वर्ष नेपाली प्रतिस्पर्धामा ५० हजार नगद पुरस्कार राशीसमितको ‘सर्वोत्कृष्ट डकुमेन्ट्री अवार्ड’ पनि थपिएको छ ।

यस्तै अन्तर्राष्ट्रिय फिल्म प्रतिस्पर्धा अन्तर्गत सर्वोत्कृष्ट पिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशीको ‘गौतम बुद्ध अर्वाड’ प्रदान गरिने आयोजकले जनाएको छ । यस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिचर फिल्महरुमध्येबाट उत्कृष्ट एउटालाई ‘इन्टरनेशनल फेडेरेसन अफ फिल्म सोसाइटिज, आईएफएफ डन क्विजोट अवार्ड’ प्रदान गरिने भएको छ ।

यस्तै सर्वोत्कृष्ट वित्तचित्रलाई १ हजार डलर राशीको ‘माउन्ट एभरेस्ट अवार्ड’, सर्वोत्कृष्ट एनिमेटेड फिल्मलाई ५ सय डलर राशीको ‘मञ्जुश्री अवार्ड र सर्वोत्कृष्ट लघुचलचित्र ५ सय डलर राशीको ‘बागमती अवार्ड’ प्रदान गरिने छ ।

नेपाली प्रतिस्प्रर्धामा सर्वोत्कृष्ट फिचर फिल्मलाई एक लाख रुपैयाँ नगद र ट्रफी, उत्कृष्ट सर्टफिल्मलाई ५० हजार रुपैयाँ नगद र ट्रफी, उत्कृष्ट वित्तचित्रलाई पनि ५० हजार रुपैयाँ नगद र ट्रफी प्रदान गरिने अध्यक्ष पाठकले जनाएका छन् ।

सर्ट फिल्ममध्येबाट उत्कृष्ट फिल्म निर्देशकलाई ट्रफी प्रदान गरिनेछ भने फिचर फिल्मतर्फका उत्कृष्ट निर्देशक, लेखक, छायाँकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिने भएको छ ।

छनोट भएका फिल्महरुको सूचि हेर्नुहोस्: