काठमाडौँ– ‘सामाजिक उत्तरदायित्व कार्यक्रम’ अन्तर्गत महालक्ष्मी विकास बैंक लिमिटेडले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।


ADVERTISEMENT


‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक र आर्थिक रुपमा समाजलाई योगदान पुर्‍याउने उद्देश्यका साथ बैंकले तिनचुली शाखाको काठमाडौं महानगरपालीका–६ मा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो ।


ADVERTISEMENT

# # #


उक्त समारोहमा शाखाका प्रवन्धक शेखर श्रेष्ठले वृक्षारोपण कार्यक्रम सफल पार्न स्थानिय निकायले गरेको सहयोगको सराहना गर्दै आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु बैंकले अझै प्रभावकारी रुपमा संचालन गर्ने कुराको जानकारी गराए ।

यस्तै, कार्यक्रममा उपस्थित वडा नं ९ का अध्यक्ष राजीव थापाले पनि खाली ठाउँमा वृक्षारोपण गर्ने बैंकको कार्य प्रशंसनिय रहेको भन्दै बैंकलाईधन्यवाद समेत ज्ञापन गरेका छन् ।

विगत २७ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तिय सेवा प्रदान गर्दै आएका देशभर कुल १०३ वटा शाखाहाार्फत करिब ६ लाख ग्राहलाई उच्चस्तरिय वित्तिय सेवाह प्रदान गर्दै आएको महालक्ष्मी ईएमभीमा आधारित ट्राभल कार्ड, ई–कमर्स कार्ड र डलर कार्ड जारी गर्ने पहिलो बैंक समेत हो ।