काठमाडौँ – नेपालीहरुको महान् चाडपर्व दशैँ, तिहार र छठलाई लक्षित गर्दै टिभिएसले ल्याएको ‘टीभीएस ६ प्राइजको सरप्राइज अफर’का बम्पर विजेता घोषणा गरिएको छ ।


ADVERTISEMENT


मंगलबार एक कार्यक्रम गरी टीभीएसले गोलापर्थामार्फत बम्पर उपहार विजेता घोषणा गरेको हो । जसअनुसार भक्तपुरको सल्लाघारीका विनोद मानन्धरले कार जितेका छन् । उनले प्रोटोन कम्पनीको प्रोटोन सागा कार जित्न सफल भएका हुन् । उनले गत दशैँ तिहारको समयमा टीभीएसको Ntorq RTFI स्कुटर किनेका थिए ।


ADVERTISEMENT

# # #


६ पटकसम्म उपहार जित्न मिल्ने यस उपहार योजना अन्तर्गत ग्राहकहरूले बिभिन्न टिभिएसका मोटरसाइकल तथा स्कुटरको खरिदमा हात खाली नहुन्जेल विभिन्न आकर्षक तथा भव्य उपहारहरु प्राप्त गरेका थिए । उक्त योजना भदौ १६ बुधबारबाट प्रारम्भ भइ मंसिर १४ गते समाप्त भएको थियो ।

सोही योजना अन्तर्गत खड्गी माया आङ्ग्देम्बे र बिना नेम्बाङ्गले टीभीएस अपाचे आरआर३१० मोटरसाइकल जितेका थिए । यस्तै प्रत्येक हप्ता टीभीएर स्कुटर खरिदकर्ता सकिन धोबी, रवीन्द्र दंगौरा, प्रज्ञा केसी, कुमार कार्की, राजकुमार खरेल, सरस्वती चन्द, कृष्ण प्रसाद भट्टराई र केशव कुमार रावलले गोलापर्थामार्फत शत प्रतिशत क्यासब्याक समेत पाएका थिए ।

नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि. हो । नेपालभर १४५ भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरुको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको छ ।