काठमाण्डौं-अमेरिकाले उत्तर कोरियालाई आतंकवादलाई समर्थन गर्ने राष्ट्रको सूचीमा पुन: राखेको छ ।


ADVERTISEMENT


आतंकवादलाई सहयोग गरेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो घोषणा गरेका हुन । योसँगै अमेरिकाले उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाउने तयारी गरेको छ ।


ADVERTISEMENT

# # #


यसअघि पनि अमेरिकाले उत्तर कोरियालाई सोही सूचीमा राखेकोमा ९ बर्षअघि हटाएको थियो । राष्ट्रपति ट्रम्पले बताए, यो कदम धेरै पहिले चाल्नुपर्ने थियो ।

उत्तर कोरियाका पछिल्ला चरणबद्ध परमाणु कार्यक्रमतर्फ इङ्गित गर्दै ट्रम्पले विश्वमा आंतकवादलाई समर्थन गरेको आरोप लगाएका छन् । उत्तर कोरियाले आफ्ना परमाणु कार्यक्रमलाई रोक्नुपर्ने उनले दोहोर्‍याएका छन् ।

संयुक्त राष्ट्रसंघको प्रतिबन्ध तथा विश्व समुदायको चर्को आलोचनाका बाबजुद उत्तर कोरियाले पटक–पटक परमाणु कार्यक्रमको परिक्षण र प्रक्षेपण गर्दै आएको छ ।