मोरङ – आफ्नै बुबाको हत्या आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।  प्रहरीले बुबाको अभियोगमा बेलबारी नगरपालिका–९ डाँगाबजार बस्ने ३५ वर्षीय जयबहादुर खत्रीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।


ADVERTISEMENT


उनलाई बुबा ८० वर्षीय दल बहादुर खत्रीको कुटपिट गरी हत्या गरेको आरोप छ ।


ADVERTISEMENT

# # #


मादकपदार्थ सेवन गरेका जय बहादुरले घरायसी बिषयमा बादबिवाद हुँदा आफ्नै बुबालाई कुटपिट गर्दा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी डाँगाबजार र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।