काठमाडौं – सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी भएयता विभिन्न निकायमा रिक्त रहेका पदमा ६११ जनाको नियुक्ति गरिएको जनाएको छ ।

शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित नियमित ‘मिडिया बिफ्रिङ’ मा कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालले विभिन्न मन्त्रालय र अन्तर्गतका सार्वजनिक निकायका विभिन्न पदाधिकारीको नियुक्ति खारेज भएपश्चात ८० वटा निकायमा ४१९ नियुक्ति तथा पदपूर्ति भएको बताए । उनका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा नेपाल सरकार, मन्त्रिपरिषद्बाट १४ जना र विश्वविद्यालय, आयोग, प्रतिष्ठानमा १७८ जनाको नियुक्ति भएको छ ।


ADVERTISEMENT

# #


त्यस्तै प्रवक्ता अर्यालले राष्ट्रिय तथ्याङ्क कार्यालयबाट मस्यौदामा विभिन्न सुझाव दिइएको बताए ।

साथै बालबालिकाको वैकल्पिक हेरचाहसम्बन्धी तथ्याङ्कमा स्तरीयता, एकरूपता तथा अन्तरराष्ट्रियस्तरमा तुलनायोग्य बनाउने सन्दर्भमा रायसुझाव प्रदान गरिएको उनले बताए । त्यस्तै उनले पछिल्लो साता बेरुजु फर्छयौट समन्वय तथा अनुगमनका लागि सिन्धुपाल्चोकस्थित कोष तथा लेखा नियन्त्रक कार्यालयको अनुगमन गरिएको जानकारी दिए । प्रवक्ता अर्यालले विभिन्न सार्वजनिक निकायहरूबाट सिफारिस भई आए बमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयको निर्णयानुसार पाँच वटा विभिन्न फर्म तथा कम्पनीलाई कालो सूचीमा राखिएको समेत उल्लेख गरे ।


ADVERTISEMENT

#
#


हालसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १७ अर्ब ९४ करोड ३१ लाख एक हजार ९६९ जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।