रामपुर – आदिवासी जनजाती समन्वय समिति रामपुरले कला संस्कृतिको संरक्षण एवं प्रवर्धन गर्न यहाँका मगर नेवार समुदायलाई मौलिक बाद्यवाधन सामग्री सहयोग गरेको छ ।


ADVERTISEMENT


समितिले रामपुर नगरपालिकाका १४ मगर समूहलाई एक÷एक थान मादल र खैजडी चाँप, नेवार समूहलाई ढोलक र झ्यालि प्रदान गरेको हो ।


ADVERTISEMENT

# # #


सो अवसरमा समितिका अध्यक्ष इश्वरी श्रेष्ठले पुख्र्यौली पेशालाई निरन्तरता दिन बाद्यवादनका सामग्री समूहलाई उपलब्ध गराएको बताए । कला संस्कृती बचाई राख्नका निम्ति वडाले बाद्यवादनका सामग्रीमा आर्थिक सहयोग गरेको वडाध्यक्ष एकबहादुर नेपालीले जानकारी दिए ।

उनले भने “पुराना रीतिरिवाजलाई जोगाउनु हामी सबैको दायित्व हो । वडाले हरेक वर्ष लक्षित वर्ग समूहलाई वजेट विनियोजन गर्दै आएको छ । रासस