काठमाडौं  – नेपालले मंगलबार मोरिससविरुद्ध दोस्रो मैत्रीपूर्ण फुटबल खेलेको छ । दशरथ रंगशालामा भएको खेलमा १५ वटा कार्ड प्रयोग भएका छन् ।


ADVERTISEMENT


म्याच रेफ्री रहेका नविन्द्र महर्जनले खेलाडी र अफिसियल गरी १५ वटा कार्ड देखाएका हुन् । उनले ३ जना खेलाडीलाई रातो कार्ड देखाउँदा नेपालका गोल किपर प्रशिक्षक विकास मल्ललाई पनि रातो कार्ड नै दर्शन गराए । पहिलो हाफमा भन्दा दोस्रो हाफमा कार्डको बर्षा नै भएको थियो । २४ औं मिनेटमा फर्नान्डो ज्याकसनले पहिलो पहेँलो कार्ड पाएका थिए भने ३९ औं मिनेटमा जोनाथन स्पेभिलले पहेँलो कार्ड पाए । पहिलो हाफमा भन्दा मोरिससले दोस्रो हाफमा रफ गेम खेलेको थियो । फिजिक्कली स्ट्रोङ देखिएको मोरिससले नेपाललाई डोमिनेट गर्न खोजेको थियो ।


ADVERTISEMENT

# # #


६१ औं मिनेटमा रेफ्री महर्जनले ४ जना खेलाडीलाई पहेँलो कार्ड देखाएका थिए । त्यतिबेला नेपालका सुमन अर्यालले पहेँलो कार्ड पाउँदा मोरिससका ३ जना खेलाडी रहेका थिए । त्यतिबेला पहेँलो कार्ड पाउने खेलाडीमा भासिथ कलकता, इमानुयल फुलचन्द र एन्डे सोपी रहेका थिए ।

८४ औं मिनेटमा फुलचन्दले फेरि फल खेलेपछि रातो कार्ड पाउँदै मैदान छाड्न पुगेका थिए । त्यसअघि ७९ औं मिनेटमा एन्डी बोटलार रातो कार्ड पाउँदै मैदान छाडिसकेका थिए । उता नेपालका पुजन उपरकोटीले ६४ औं र ८० औं मिनेटमा कार्ड पाएपछि मैदान छाड्न पुगेका थिए भने सोही लफडाका कारण मैदान प्रवेश गरेका नेपाली टिमका गोलकिपर प्रशिक्षक विकास मल्ल पनि रातो कार्ड पाउँदै प्लयेर बक्स छाड्न पुगे ।

दोस्रो हाफमा अतिरिक्त ८ मिनेट थप गरिए पनि खराब प्रकाशका कारण खेल केहीबेर रोकिएको थियो । जसमा १०२ औं मिनेटमा नेपालका सन्तोष तामाङ रिप्लेस भएर गएको अर्को मिनेटमा पहेँलो कार्ड पाएका थिए । अन्ततः नेपाल यो खेलमा १–० गोल अन्तरले विजयी भयो । जसमा सुजल श्रेष्ठले गरेको गोल नै निर्णायक बन्न पुग्यो ।