काठमाडौं – नेकपा एकीकृत समाजवादीले यथास्थीतिमा एमसीसी पारित गर्न नहुने निष्कर्ष निकालेको छ ।


ADVERTISEMENT


बुधबार काठमाडौंमा बसेको समाजवादीको सचिवालय बैठकले एमसीसी राष्ट्रको हीतमा नरहेको भन्दै यथास्थीतिमा पारित गर्न नहुने निष्कर्ष निकालेको एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।


ADVERTISEMENT

# # #


बैठकमा एमसीसीले उत्पन्न गरको राजनीतिक तनावका बारेमा पनि छलफल भएको खतिवडाले जानकारी दिए ।

त्यस्तै बैठकले प्रतिनिधिसभाको बैठकलाई लिएर सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाभियोग प्रस्ताव दर्ताको चर्चा चलेको भन्दै एकीकृत समाजवादी सभामुखको पक्षमा रहेको स्पष्ट पारेको छ ।