काठमाडौं- सामसङ मोबाइल नेपालले चाडपर्वलाई लक्षित गर्दै ग्यालेक्सी A17 5G स्मार्टफोन २४ महिनाको किस्ताबन्दी (ईएमआई) सुविधामा उपलब्ध गराएको छ। कम्पनीका अनुसार ग्राहकले मासिक १ हजार २२१ रुपैयाँदेखि किस्ता तिरेर उक्त स्मार्टफोन खरिद गर्न सक्नेछन्।

कम्पनीले पुरानो स्मार्टफोन साटेर नयाँ ग्यालेक्सी A17 5G खरिद गर्ने ग्राहकलाई ३ हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनससमेत उपलब्ध गराउने जनाएको छ। यस अफरअन्तर्गत सर्तअनुसार डाउन पेमेन्ट शून्य प्रतिशतसम्म हुन सक्ने कम्पनीको भनाइ छ।


ADVERTISEMENT

# #


कम्पनीले सार्वजनिक गरेको मूल्यसूचीअनुसार ग्यालेक्सी A17 5G को ६ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज भएको भेरिएन्टको मूल्य ४४ हजार ९९९ रुपैयाँ तोकिएको छ। उक्त मोडलको मासिक ईएमआई १ हजार २२१ रुपैयाँ हुनेछ।

त्यस्तै, ८ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज भएको भेरिएन्टको मूल्य ४८ हजार ९९९ रुपैयाँ र मासिक किस्ता १ हजार ३३० रुपैयाँ रहेको छ। ८ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज भएको भेरिएन्टको मूल्य ५६ हजार ९९९ रुपैयाँ तोकिएको छ भने यसको मासिक किस्ता १ हजार ५४७ रुपैयाँ पर्नेछ।


ADVERTISEMENT

#
#


सामसङका अनुसार लामो अवधिको किस्ताबन्दी सुविधाले ग्राहकलाई एकैपटक ठूलो रकम खर्च नगरी स्मार्टफोन खरिद गर्न सहज बनाउनेछ। चाडपर्वको अवसरमा पुरानो फोन साटेर नयाँ स्मार्टफोनमा अपग्रेड गर्न चाहने ग्राहकलाई लक्षित गरी यो योजना ल्याइएको कम्पनीले जनाएको छ।

ग्यालेक्सी A17 5G को ईएमआई योजना, एक्सचेन्ज बोनस तथा अन्य सर्तबारे थप जानकारीका लागि ग्राहकले नेपालभर रहेका सामसङका आधिकारिक स्टोर तथा रिटेल आउटलेटमा सम्पर्क गर्न सक्नेछन्।