काठमाडौँ – कमल थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट अलग भएका छन् । मंगलबार एक विज्ञप्ती जारी गर्दै थापाले राप्रपाबाट अलग्गिएको घोषणा गरेका हुन् ।


ADVERTISEMENT


राप्रपाका पूर्व अध्यक्ष एवम् संस्थापक नेता समेत रहेका थापाले राप्रपासँगको ३१ वर्षे यात्रा टुग्याएका हुन् । उनले राप्रपा छाड्नुपर्दा आफूलाई निकै पीडाबोध भएको विज्ञप्तीमा उल्लेख गरेका छन् ।


ADVERTISEMENT

# # #


यद्दपी पार्टीभित्रै रहेर पार्टीभित्र देखा पर्न थालेको संद्धान्तिक विचलन र गलत प्रवृत्तिलाई सुधार्न आफ्नो चाहना भए पनि कसैले आफ्नो कुराको सुनुवाई नहुने भएपछि पार्टी छाड्नुपरेको उनको भनाई छ ।

दुई महिनाअघि भएको पार्टीको महाधिवेशनमा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएका थापाले आफूलाई हराउन राजसंस्था सक्रिय भएको आरोप लगाउँदै आएका थिए ।

महाधिवेशनपछि राजसंस्थाविरुद्ध उत्रिएका थापाले अब नयाँ पार्टी खोल्ने बताइएको छ ।