काठमाडौँ –  एउटा सर्वमान्य कथन छ, सफलता तिनीहरुले प्राप्त गर्छन्, जसले सपना देख्छन् र तिनलाई मूर्त रुप दिन निरन्तर मेहनत गर्छन् । जस्तोसुकै अप्ठ्यारो किन नहोस्, सपना देख्ने मेहनतीहरुले त्यसलाई वास्तविकतामा परिणत गरिदिन्छन् ।


ADVERTISEMENT


प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त भएपछि करिब चार वर्षअघि रोशन न्यौपानेले एउटा सपना देखे, ‘एनआईसी एशिया बैँकलाई सर्वोत्कृष्ट बैँक बनाउने’ । तर, त्यो सपनालाई यथार्थमा परिणत गर्न उनीसामू निकै ठूलो चुनौतिको पहाड थियो । बैँकको तत्कालीन अवस्था र वित्तीय विवरण त्यति राम्रो थिएन । यद्दपी उनी छोटो अवधिमै चुनौतिको त्यो पहाड छिचोल्न सफल भएका छन् ।


ADVERTISEMENT

# # #


‘सर्वोत्कृष्ट बैँक’ बनाउने यात्रामा सीईओ न्यौपानेको रणनीति, योजनाको प्रभावकारी कार्यान्वयन, कर्मचारीहरुको मेहनतको प्रतिफल आज एनआईसी एशिया बैंक अधिकांश सूचकांकमा नेपालका वाणिज्य बैँकहरुमध्ये अग्र स्थानमा पुग्न सफल भएको छ ।

बैंकको आन्तरिक लेखापरीक्षण विभागको इन्चार्जबाट आफ्नो प्रभावकारी बैंकिङ्ग पेसा सुरु गरेका न्यौपानेले कायममुकायम (कामस) सीईओ हुँदै सीइओसम्मको यात्रामा आफ्नो कुशल रणनीतिको माध्यमबाट एनआईसी एशियालाई सर्वोत्कृष्ट बैँक बनाएका छन् ।

‘युवा सीईओ’को ‘चमत्कार’

रसुवाको समान्य परिवारमा जन्मिएका न्यौपानेले ४० वर्ष नपुग्दै बैँकको सीईओ बन्ने अवसर पाए । २७ वटा वाणिज्य बैँकका सीईओमध्ये सबैभन्दा कान्छो सीईओको बन्नु उनका लागि एक अवसर थियो, साथै चुनौति पनि । तर, सीईओ न्यौपानेले चुनौतिलाई पनि अवसरमा परिणत गरे ।

आफ्नो प्रतिवद्धता अनुसार एनआईसी एशिया बैँकलाई सर्वोत्कृष्ट बनाउने लक्ष्यमा उनी दिनरात खटिए, आक्रामक रणनीतिहरु अपनाए ।  ग्राहक सेवामा उनले कुनै पनि किसिमको सम्झौता गरेनन् । आफ्नो टिमलाई स्पष्ट भिजन र लक्ष्यसहित सही रुपमा परिचालन गरे । सहकर्मीहरुमा निरन्तर हौसला र प्रेरणा जगाए, प्रोत्साहन गरिरहे ।

परिणामस्वरुप अधिकांश ताजा वित्तीय विवरणमा एनआईसी एशिया बैँक नेपालका वाणिज्य बैँकहरुकै सर्वोत्कृष्ट बैँक बन्न सफल भएको छ । बैंकको आन्तरिक लेखापरीक्षण विभागको इन्चार्जबाट आफ्नो प्रभावकारी बैंकिङ्ग पेसा सुरु गरेका न्यौपानेले कायममुकायम (कामस) सीईओ हुँदै सीइओसम्मको यात्रामा आफ्नो कुशल रणनीतिको माध्यमबाट एनआईसी एशियालाई सर्वोत्कृष्ट बैँक बनाएका छन् ।

एआईसी एशियाको सीईओको रुपमा देखाएको कौशलताले नै उनी २०७७ चैत २७ मा राष्ट्रपतिबाट ‘प्रबल जनसेवा श्री (चतुर्थ)’बाट सम्मानित भए । यस्तै कर्पोरेट बिजनेस म्यागेजिनको ‘कर्पोरेट सिइओ अफ द इयर, २०७८’, बेलायतको ग्लोबल बिजनेस आउटलुक म्यागजिनको ‘बैंकिङ्ग सिइओ अफ द इयर–नेपाल २०२१’ पनि उनले आफ्नो कब्जामा पारे ।

बैंकिङ्ग क्षेत्रको अधिकांश वित्तीय सूचकांकहरूमा अग्र स्थानमा रहेको बैंकले यस त्रयमासमा खुद मुनाफातर्फ रू. २.४० अर्ब आर्जन गर्न सफल भएको छ । जुन वार्षिक विन्दुगत आधारमा १६.५७ प्रतिशतको वृद्धि हो ।

उत्साहजनक वित्तीय विवरण

चालू आ.व. २०७८/७९ को दोस्रो त्रयमासको प्रकाशित अपरिष्कृत वित्तीय विवरण अनुसार एआईसी एशिया बैंकले कर्जा व्यवसायतर्फ वार्षिक विन्दुगत आधारमा १७ प्रतिशत (रू. ४० अर्ब) ले वृद्धि गरी कुल कर्जा रकम २ खर्ब ७३ अर्ब ४६ करोड पुर्याउन सफल भएको छ ।

यस्तै वार्षिक विन्दुगत आधारमा ८ प्रतिशत (रू. २२.०४ अर्ब) ले वृद्धि गरी बैँकले कूल निक्षेप २ खर्ब ९९ अर्ब ३४ करोड पुर्याएको छ । अन्य वाणिज्य बैँकको तुलनामा एनआईसी एशिया बैँकको कुल निक्षेप १ खर्ब ५० अर्ब २६ करोड बढी रहेको बैँकको दाबी रहेको छ ।

बैंकिङ्ग क्षेत्रको अधिकांश वित्तीय सूचकांकहरूमा अग्र स्थानमा रहेको बैंकले यस त्रयमासमा खुद मुनाफातर्फ रू. २.४० अर्ब आर्जन गर्न सफल भएको छ । जुन वार्षिक विन्दुगत आधारमा १६.५७ प्रतिशतको वृद्धि हो ।

पूँजी बजारमा प्रतिशेयर मूल्य ८५३ रुपैयाँ रहेको एनआईसी एशिया बैँकको प्रति शेयर आम्दानी ४१.४३ रुपैयाँ रहेको छ । जुन समग्र बैँकङ क्षेत्रको औषत (रु.१८.४४) भन्दा २२.९९ रुपैयाँले बढी हो । यस्तै बैँकको स्व–पूँजीमा प्रतिफल २१.७७ प्रतिशत रहेको छ ।

कुल कर्जा लगानीको अंशमा करिब ८८ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ ।

मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा समेत एनआईसी एशियाको दरिलो उपस्थिति रहेको छ । कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा बैँकले आफ्नो शाखाहरु विस्तार गर्न सफल भएको छ ।

आक्रामक रुपमा शाखा विस्तार

आम जनताले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैँकप्रतिको भरोसाले गर्दा बैँकले आक्रामक शैलीमा शाखा सञ्जालमार्फत देशभर आफ्नो अब्बल उपस्थिति दर्ज गराउन सफल भएको छ ।

कुनैबेला काठमाडौँका ग्राहकमा मात्रै सीमित एनआईसी एशिया बैँक हाल ३५८ वटा शाखामार्फत देशभरका ग्राहकलाई निरन्तर बैकिङ सेवा प्रदान गर्दै आएको छ । शाखा विस्तारमा एनआईसी एशियाकै आक्रममक शैली अहिले अन्य बैँकले पनि पच्छ्याउन थालेका छन् ।

नेपालमा सबैभन्दा धेरै शाखा भएको वाणिज्य बैँक बन्न सफल एनआईसी एशिया बैँकले ७० वटा विस्तारित काउन्टरमार्फत पनि सेवा उपलब्ध गराउँदै आएको छ । यस्तै ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवासहित मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक बन्न पुगेको छ ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा समेत एनआईसी एशियाको दरिलो उपस्थिति रहेको छ । यस्तै कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा बैँकले आफ्नो शाखाहरु विस्तार गर्न सफल भएको छ ।

सबैभन्दा धेरै ग्राहक

कुनै पनि बैँकको प्रगतिका लागि पनि ग्राहकको संख्याले पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ । किनकी जति धेरै ग्राहक हुन्छन्, त्यति धेरै कारोबार हुने भएकाले बैँकको ग्रोथ पनि यसले बढाइदिन्छ । यो कुरा राम्रोसँग बुझेका सीईओ न्यौपाने त्यही अनुसारको रणनीति बनाए । ग्राहकलाई एनआईसी एशिया बैँकप्रति आकर्षित गर्न विभिन्न किसिमका योजना र ‘अफर’ ल्याए । छुट र सुविधाहरु उपलब्ध गराए ।

फलस्वरुप नेपालमा निजी वाणिज्य बैँकहरुमध्ये ग्राहक संख्या संख्याका हिसाबले पनि एनआईसी एशिया बैँक पहिलो नम्बरमा रहेको छ । बैंकले आ.व. २०७८/७९ को दोस्रो त्रयमाससम्ममा ५ लाख भन्दा बढी नयाँ खाताहरू थप गरेको छ । यससँगै एनआईसी एशिया बैँकसँग ३३ लाख बढी ग्राहकहरुमाझ पुग्न सफल भएको छ ।

समग्र बैँकिङ क्षेत्रको औषत ग्राहक संख्या भन्दा १७ लाख ५२ हजार बढी संख्यामा रहेका ग्राहकले एनआईसी एशियाको प्रगतिमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा भूमिका खेलिरहेका छन् ।

नेतृत्वसँग स्पष्ट लक्ष्य र कार्यक्षमता छ भने छोटो समयमा नै संस्थाको कायापलट गर्न सकिन्छ भन्ने राम्रो उदाहरण बनेको छ एनआईसी एशिया बैँक । चार वर्ष नपुग्दै सीईओ न्यौपानेको नेतृत्वमा एनआइसी एशियाले हासिल गरेको उचाईं साँच्चै नै लोभलाग्दो छ।

आधुनिक बैकिङ सेवा

बैँकले डेबिट कार्ड, एटीएम सेवा र मोबाई तथा इन्टरनेट बैकिङबाट ग्राहकलाई आधुनिक बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । समग्र बैंकिङ्ग क्षेत्रको औषत प्रत्येक बैँकसँग १३२ वटा एटीएम रहेका छन् । तर, एनआईसी एशिया बैँकसँग हाल देशभर ४७३ वटा एटीएम रहेका छन् । जुन नेपालका २७ वटा वाणिज्य बैँकहरुमध्ये सबैभन्दा धेरै अर्थात् औषतभन्दा ३४१ ले बढी हो ।

यस्तै एनआईसी एशिया बैँकका मोबाइल बैकिङ प्रयोगकर्ता १६ लाख ८० हजार जना रहेका छन् । यो संख्या नेपालको समग्र बैँकिङ क्षेत्रको औषत तुलनामा १२ लाख १९ हजारले बढी रहेको बैँकले जनाएको छ । एनआईसी एशियाका १२ लाख ३५ हजार बढी ग्राहकहरुले डेबिट कार्ड प्रयोग गर्दै आएका छन् । जुन अन्य बैँकका तुलनामा ९ लाख ३५ हजार संख्याले बढी हो ।

पछिल्लो तथ्याङ्क हेर्दा एनआईसी एशिया बैँक डिजिटल बैकिङतर्फ सबैभन्दा धेरै ग्राहक भएको सबैभन्दा बढी कारोबार संख्या र सबैभन्दा बढी कारोबार भोल्यूम भएको बैँक बन्न सफल भएको छ ।

नेतृत्वसँग स्पष्ट लक्ष्य र कार्यक्षमता छ भने छोटो समयमा नै संस्थाको कायापलट गर्न सकिन्छ भन्ने राम्रो उदाहरण बनेको छ एनआईसी एशिया बैँक । चार वर्ष नपुग्दै सीईओ न्यौपानेको नेतृत्वमा एनआइसी एशियाले हासिल गरेको उचाईं साँच्चै नै लोभलाग्दो छ।

ग्राहक, नियमनकारी निकायहरू, शेयरधनीहरू लगायत सम्पूर्ण सरोकारवालाको समेत अगाध माया र विश्वास एवं कर्मचारीहरूको मेहनतले एनआईसी एशियाले शिखर चुमेको छ । नेपाली बैकिङ क्षेत्रका लागि यो एक उत्कृष्ट उदाहरण बनेको छ ।

हिजो ‘आलोकाँचो सीईओ’ले बैँक डुबाउँछ भनेर उडाउनेहरुले नै आज भन्न थालेका छन्, ‘रोशन न्यौपानेको नेतृत्वमा एनआईसी एशिया बैँकले आश्चर्यजनक छलाङ मारेको छ ।’