काठमाण्डौं-इलामको सुर्योदय नगरपालिका-१० फिक्कल बजारमा आज ट्रक र मोटरसाइकल आपसमा ठोकिंदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने १ युवती गम्भीर घाइते भएकी छिन् ।


ADVERTISEMENT


मे १ ख १९ ४२ नम्बरको ट्रक र ग १२ प ४८३ नम्बरको मोटरसाइकल आज विहान ९ बजे आपसमा ठोकिएका हुन् ।


ADVERTISEMENT

# # #


दुर्घटनामा मोटरासाइकल चालक तनहुँ ब्यास नगरपालिका-१ का ३५ वर्षीय शरद पौडेललको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएकोे छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी मोटरसाइकलमा पछाडि सवार अन्दाजी २४ वर्षीया युवतीको बि एन सी अस्पताल विर्तामोड झापामा उपचार भैरहेको छ । घाइते युवतीको नाम थर र ठेगना भने खुल्न नसकेको इलाम प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न दुवै सवारी साधन र ट्रक चालकलाई प्रहरी चौकी फिक्कलले नियन्त्रणमा लिएको छ ।