काठमाडौँ – होटल याक एण्ड यतीले पाँच तारे वर्गीकरण खोसेर होटल बन्द गर्ने सरकारको निर्णय फिर्ता लिन माग गरेको छ ।


ADVERTISEMENT


बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै याक एण्ड यतीले सञ्चालनमा नै नरहेको क्यासिनोको रोयल्टी वापतको रकम देखाएर वर्गीकरण खोस्ने र होटल बन्द गर्ने सरकारको निर्णय पूर्वाग्रहीपूर्ण रहेको भन्दै निर्णय फिर्ता लिन माग गरेको हो । उक्त निर्णय फिर्ता नभए कानुनी उपचारमा जाने उसले जनाएको छ । आफ्नो नाममा क्यासिनो नै नरहेको कम्पनीका कर्पोरेट सल्लाहकार रमन कर्णले जानकारी दिए ।


ADVERTISEMENT

# # #


क्यासिनो संचालनलाई जुवा ऐनबाट हटाइ क्यासिनो नियमावली २०७० अन्तर्गत राखिएपछि याक एण्ड यतीले क्यासिनो नै संचालन नगरेको उनले बताए । कर्णले पर्यटन मन्त्रालयले २०७१ वैशाख ५ मा पत्र लेख्दै याक एण्ड यतीमा संचालित क्यासिनो इजाजतपत्र खारेज गरिएको जानकारी गराएको र क्यासिनो नियमावलीअनुसार याक एण्ड यतीले निर्धारित म्याद भित्र अनुमति पाउन कुनै निवेदन नदिएकाले अनुमतिपत्र खारेज भएको दावी गरे ।

२०७१ मै इजाजतपत्र खारेज भएपछि होटल याक एण्ड यतीको नाममा आजका दिनसम्म क्यासिनो नरहेको कर्णले दाबी गरे ।

क्यासिनो रोयल्टी वापतको ४२ करोड २५ लाख रुपैयाँ पटकपटक ताकेता गर्दा समेत नतिरेको भन्दै सरकारले बुधबारको मन्त्रीस्तरीय निर्णयबाट पाँच तारे वर्गीकरण खोसेर होटल बन्दको निर्देशन दिएको थियो । होटल र क्यासिनो फरकफरक मुद्दा भएको र तर निश्चित राजनीतिक उदेश्य राखेर होटल बन्द गराइएको याक यण्ड यतीको दाबी छ ।