काठमाडौँ– महालक्ष्मी लाइफ इन्स्योरेन्सले लिमिटेडले शेयर सार्वजनिक गर्ने भएको छ ।


ADVERTISEMENT


इन्स्योरेन्सले कम्पनीको कुल पुँजी (दुई अर्ब) को ३० प्रतिशतले हुन आउने रकम ६० करोड बराबरको शेयर सार्वजनिक गर्न लागेको हो ।


ADVERTISEMENT

# # #


आफ्ना कर्मचारीसहित सर्वसाधारणका लागि खुल्ला गर्न लागिएको उक्त शेयर प्रतिकित्ता सय रुपैयाँ पर्ने कम्पनीले जनाएको छ । यस्तै कम्पनीले उक्त प्रयोजनका लागि सानिमा क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

सोमबार एक समारोहबीच सम्पन्न उक्त सम्झौतापत्रमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालीसे र इन्स्योरेन्सका तर्फबाट रमेश कुमार भट्टराईले हस्ताक्षर गरेका छन् । वि.सं २०७५ माघदेखि बिमा समितिबाट इजाजत प्राप्त गरेको महालक्ष्मीले ६३ वटाशाखा एवम् उपशाखामार्फत १३ वटा बीमा योजनाहरु बिक्री वितरणमा ल्याइसकेको छ ।

कारोबारको छोटो अवधिमै यस संस्था ३ सय १ करोड रुपैयाँको बीमा संकलन गर्न सफल समेत भएको छ ।