काठमाडौँ – ओमानमा भएको चार देशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको अन्तिम खेलमा नेपाल टेस्ट राष्ट्र आयरल्याण्डसँग १६ रनले पराजित भएको छ ।


ADVERTISEMENT


सोमबार ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट ग्राउन्डमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको टेस्ट राष्ट्र आयरल्याण्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२७ रन बनायो । तर, १२८ रनको लक्ष्य पच्छ्याउँदै मैदान उत्रिएको नेपाल निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १११ रनमै समेटिएको हो ।


ADVERTISEMENT

# # #


नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २८ रन बनाए । ३० बलमा उनले १ चौका र १ छक्का प्रहार गरे । यस्तै आशिफ शेखले २२ बलमा २ चौका र १ छक्कासहित २३ रन, कुशल भुर्तेलले ११ बलमा १ चौका र १ छक्कासहित १५ रन तथा कमलसिंह ऐरीले १० बलमा १ चौका र १ छक्कासहित १३ रन बनाउनु बाहेक अन्य नेपाली ब्याटरले दोहोरो अंक छुन सकेनन् ।

आयरल्याण्डका लागि मार्क एडयर, सिमी सिंह, बेरी म्याकार्थी र एन्डी म्याक्ब्राइनले समान २–२ विकेट लिए । कर्टिस क्याम्फरका नाममा १ विकेट रह्यो ।

यसअघि आयरल्याण्डका लागि जर्ज डक्रेलले सर्वाधिक २८ रन बनाए । उनले २२ बलमा २ चौका र १ छक्का प्रहार गरे । कर्टिस क्याम्परले २० बलमा १ छक्कासहित २० रन बनाएर दीपेन्द्र सिंह ऐरीबाट आउट भए ।

यसअघि जर्ज डक्रेलले सर्वाधिक २८ रन बनाए । उनले २२ बलमा २ चौका र १ छक्का प्रहार गरे । कर्टिस क्याम्परले २० बलमा १ छक्कासहित २० रन बनाएर आउट भए । कप्तान एन्डी बाल्बिर्नीलाई १९, लोर्कान टकर १५, श्यान गेकाटे १४ तथा एन्डी म्याक्ब्राइनले ११ रन बनाए ।

आयरल्याण्डलाई सस्तैमा समेट्नेक्रममा दीपेन्द्रसिंह ऐरीले शानदार बलिङ गरे । उनले ४ ओभरमा मात्र २१ रन खर्चिएर ४ विकेट चट्काए । यस्तै अविनाश बोहराले ४ ओभरमा २९ रन खर्चिएर २ विकेट लिए ।