हेटौँडा – प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मकवानपुरमा सुरक्षा व्यवस्थाको तयारी पूरा भएको स्थानीय प्रशासनले जनाएको छ ।


ADVERTISEMENT


यही मंसिर २१ गते हुने निर्वाचनका लागि सबै तयारी पूरा भई सुरक्षाकर्मी खटाइसकिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले बताए । हालसम्मका निर्वाचन गतिविधि शान्तिपूर्ण रुपमा सम्पन्न भएको उल्लेख गर्दै उनले निर्वाचनलाई धाँधलीरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन चार वटै सुरक्षा निकायलाई परिचालन गरिएको छ भने ।


ADVERTISEMENT

# # #


मकवानपुरका प्रहरी उपरीक्षक विकासराज खनालका अनुसार एक हजार पाँच प्रहरी र एक हजार ३ सय २८ म्यादी प्रहरी निर्वाचन सुरक्षामा खटिइएका छन् । उनले चुनावलाई लक्षित गर्दै चेकजाँचमा कडाइ गरिएको, प्रचारप्रसार स्थलमा उचित सुरक्षा प्रबन्ध मिलाइएको जानकारी दिए ।

प्रहरी उपरीक्षक खनालले शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने व्यवस्था मिलाइएकाले सबै मतदातालाई ढुक्क भएर मतदान गर्नसमेत आग्रह गरे । रासस