इलाम मेची राजमार्गको फिक्कलमा बुधबार विहान ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुर्इ जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


झापाबाट इलामतर्फ आइरहेको मे १ ख १९४२ नम्बरको ट्रकले र झापातर्फ गइरहेको ग १२ प ४८३ नम्बरको मोटरसाइकललाई फिक्कलबजारको शिखर होटल अगाडि ठक्कर दिएको थियो ।


ADVERTISEMENT

# # #


ठक्करबाट तनहूँ ब्यास नगरपालिका-१ का २७ वर्षीय मोटरसाइकल चालक शरद पौडेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी हवल्दार विजय राईले बताए । त्यस्तै ठक्करबाट गम्भीर घाइते इलाम देउमाई नगरपालिका– ५ का २५ वर्षीय अस्मिता राईको झापास्थित बीएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

ट्रक चालक लवाङ्ग लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।