काठमाण्डौं-सरकारले आसन्न प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन हुने दिन सम्बन्धित जिल्लामा सार्वजनिक विदा दिने निर्णग गरेको छ ।


ADVERTISEMENT


मन्त्रिपरिषद्को आजको बैठकले आगामी आइतवार पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्ला र मंसिर २१ गते दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


यस्तै सरकारले निर्वाचन हुने सम्बन्धित जिल्लाका शैक्षिक संस्थामा भने चार दिन विदा दिने निर्णय भएको छ । अधिकांश मतदान केन्द्र स्कुल तथा कलेजमा स्थापना भएकाले चार दिन विदा दिने निर्णय भएको हो ।

गृहमन्त्रालयद्वारा जारी विज्ञप्तिमा पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा भोलीबाट आइतवारसम्म र दोस्रो चरणमा निर्वाचन हुने बाँकी ४५ जिल्लामा मंसिर १८ गतेदेखि मतदानको दिन मंसिर २१ गतेसम्म शैक्षिक संस्थामा विदा दिने निर्णय भएको उल्लेख छ ।

निर्वाचन आयोगले भने मतदान केन्द्रको तयारीका लागि भन्दै एक सातासम्म शैक्षिक संस्थामा विदा दिन सरकारलाई सिफारिस गरेको थियो ।