पाल्पा – पाल्पाको पूर्वखोला गाउँपालिकाको ‘एक घर एक धारा’ अभियानअन्तर्गत घरघरमा खानेपानी पुगेको छ । घरदैलोमै खानेपानीको सुविधा पुगेपछि स्थानीयवासी खुसी भएका छन्


ADVERTISEMENT


गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले गाउँमा खानेपानी समस्याले गाउँ छाडेर अन्यत्र जाने क्रम पनि रोकिने बताए । गाउँपालिकाले पहिलो प्राथमिकता दिएर प्रदेश र संघीय सरकारको समन्वय र सहयोगमा एक घर एक धारा अभियानलाई सफल बनाउन जुटेको हो । उनले गाउँपालिकाभित्र ८० प्रतिशत घरधुरीमा निजी धारा जडान गरिएको बताए ।


ADVERTISEMENT

# # #


सरकारी निकायसँगै गोर्खा वयलफेर ट्रस, खानेपानी सरसफाइ डिभिजन कार्यालय र फनबोर्डले गाउँपालिकाको एक घर एक धारा अभियानामा सहयोग गर्दै आएका छन् । पालिकाको वडा नंं १ सिलुवामा १६०, वडा नं २ जल्पामा १४५ र ३ रिङ्नेरहमा चारवटा खानेपानी योजनाबाट २०२ परिवारले घरमै खानेपानीको सुविधा पाएका छन् ।

घरमै खानेपानीको सुविधा भएपछि गाउँमा तरकारी खेती बढेको छ । अहिले व्यावसायिकरूपमै फार्म दर्ता गरेर तरकारी खेतीमा लागेको उपभोक्ता टेकबहादुर बाह्रघरेले बताए । अधिकांश मगर बस्ती रहेको वडा नं ४ देवीनगरमा १३० घरपरिवारले नयाँ धारा जोडेका छन् । घरमै धारा भएपछि सुखको दिन आएको, बालबालिकाले पढ्न समय पाएको, गाउँमै सहरबजारजस्तै सुविधा पाएको कुमारी घर्तीमगरको भनाइ छ ।

पूर्वखोला– ५ वीरकोटमा ९७ र वडा नं ६ हेक्लाङ्गमा १८० घरपरिवारमा नयाँ खानेपानी धारा जडान भएको जनाइएको छ । गाउँपालिकाले आउँदो असार मसान्तसम्ममा ९० प्रतिशत घरधुरीमा निजी धारा जडान गर्ने जनाएको छ ।