काठमाडौं – सत्तारुढ गठबन्धन दलको बैठक आज बस्दैछ । एमसिसी परियोजना संसदमा टेबुल गर्नेलगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।


ADVERTISEMENT


एमसिसी परियोजना अगाडी बढाउने विषयमा सत्ता साझेदार दलमा नै कुरा नमिलेपछि आज बैठक बस्न लागेको हो । हिजो बसेको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसले एमसिसी टेबुल गर्ने भरपुर प्रयत्न गरेपनि सफल हुन सकेन ।


ADVERTISEMENT

# # #


माओवादी केन्द्र, नेकपा समाजवादी र राष्ट्रिय जनमोर्चाले एमसिसी संसदमा लान नमानेको हो । माओवादी केन्द्रको हिजो बसेको संसदीय दलको बैठकले एमसिसी जबरजस्ती संसदमा ल्याउन खोजे सरकार छोड्ने चेतावनी दिएको थियो ।

सत्ता साझेदार दलहरूमै एकरुपता नभएपछि प्रधानमन्त्री शेरबहादुर देउवा अफ्ठ्यारोमा परेका छन् । हिजो एकैछिन बसेर स्थगित भएको प्रतिनिधिसभाको बैठक भोलि बस्दैछ । भोलि जसरी भएपनि संसदमा एमसिसी टेबुल गर्ने सरकारको तयारी छ ।