काठमाण्डौं-नजिकिँदै गएको आसन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका कारण नयाँ सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण कार्य बन्द गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।


ADVERTISEMENT


आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका कारण नयाँ सवारीचालक अनुममितपत्र वितरण कार्य रोकिएको जानकारी सवारीचालक अनुमतिपत्र वितरण कार्यालय, एकान्तकुनाका प्रमुख तेजनारायण यादवले जानकारी दिए । ट्रायल लिएर वितरण गर्नुपर्ने सवारीचालक अनुमतिपत्र बन्द गरिएको हो । सवारी चालक अनुमतिपत्र वितरण कार्य बन्द गरिए पनि लाइसेन्स नवीकरण, ट्रायल पासको राजस्व तिर्ने तथा लाइसेन्स वितरण कार्यहरू नियमित रूपमा सुचारु नै रहने जानकारी उनले बताए ।


ADVERTISEMENT

# # #


आसन्न निर्वाचनपछि मुलुक नयाँ सङ्घीय संरचनामा जाने भएकाले सवारी अनुमतिपत्र वितरण तथा वर्गीकरणमा केही समयका लागि अन्यौल हुन सक्ने उनले स्पष्ट पारे । सवारी अनुमतिपत्र वितरणसम्बन्धी सम्पूर्ण कार्य स्थानीय तहबाट नै गरिने भनी संविधानमा उल्लेख गरिएको छ । सवारीचालक अनुमतिपत्र वितरण कार्य प्रहरी र प्रशासनको संयुक्त कार्यले हुने भएको बताउँदै उनले प्रहरी र प्रशासन अहिले निर्वाचनमा खट्नुपर्ने भएको हुनाले सवारी चालक वितरण कार्य अनिश्चितकालका लागि रोकिएको जानकारी दिए ।

नयाँ सवारीचालक अनुमतिपत्र वितरण कार्य लागि नयाँ सूचना जारी गरिने उनले बताए । “अहिले ट्रफिक प्रहरीहरू निर्वाचनमा खट्नुभएका छन्, उहाँहरूको उपस्थितिविना ट्रायलको काम हुन सक्दैन, अर्को सूचना नआएसम्म अनिश्चितकालका लागि सवारीचालक अनुमतिपत्र वितरण कार्य बन्द गरिएको छ”– कार्यालय प्रमुख यादवले बताए ।