काठमाण्डौं-युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको साबिक विजेता रियल म्याड्रिड नकआउट चरणमा प्रवेश गरेको छ । च्याम्पियन्स लिगअन्तर्गत मंगलबार सम्पन्न समूह एचमा स्पेनिस क्लब रियलले अपोल निकोसियामाथि ६–० को प्रभावशाली जित निकाल्दै अन्तिम १६ को स्थान सुरक्षित गरेको हो ।


ADVERTISEMENT


रियलको जितसँगै क्रिस्टियानो रोनाल्डोले आफ्नो नाममा रेकर्ड बनाएका छन् ।


ADVERTISEMENT

# # #


रियलको जितमा रोनाल्डोले दुई गोल गरेका थिए । च्याम्पियन्स लिगको एकै सिजनमा सर्वाधिक गोल गर्ने उनी पहिलो फुटबलर बनेका छन् । अपोलविरुद्ध दोस्रो हाफमा दुई गोल गर्दै रोनाल्डोले च्याम्पियन्स लिगको एकै सिजनमा १८ गोल संख्या पु¥याउन सफल भए ।

यसअघि कीर्तिमान बार्सिलोनाका स्ट्राइकर लियोनेल मेसीको नाममा रहेको थियो । मेसीले एकै सिजनमा १६ गोल गरेका थिए । रोनाल्डोले च्याम्पियन्स लिगमा समग्रमा १ सय १३ गोल पूरा गरेका छन् ।

मेसीले रोनाल्डोलाई पछ्याइरहेका छन् । च्यापिम्पयन्स लिगमा मेसीको नाममा ९७ गोल रहेको छ । मेसी रोनाल्डो भन्दा १६ गोलले पछि छन् । रियलका लागि करिम बेन्जमाले दुई गोल गरे । लुका मोड्रिच र नाचोले समान १ गोल गरेका