विराटनगर– आगामी निर्वाचनमा कुनै पनि मत बदर हुन नदिन मतदाता शिक्षा प्रभावकारी ढङ्गले सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।


ADVERTISEMENT


प्रदेश निर्वाचन कार्यालय प्रदेश नं १ द्वारा आज विराटनगरमा छैटौँ निर्वाचन दिवसको सन्दर्भमा आयोजित निर्वाचन सञ्चालन तथा व्यवस्थापनमा सरोकारवालाको भूमिका विषयक अन्तर्कि्रया कार्यक्रमका सहभागीले सो धारणा राखेका हुन् ।


ADVERTISEMENT

# # #


निर्वाचन आयोगले यस वर्ष ‘निर्वाचनमा : सबै, सधैँ र सँगै’ प्रमुख नारा तय गरेको छ । निर्वाचन आचारसंहितामा कडाइ गर्नुपर्ने, खर्चमा मितव्ययिता अपनाउनुपर्ने र मत बदर हुन नदिन मतपत्रमा सुधार गर्नुपर्नेमा सहभागीले जोड दिए ।

मतदान केन्द्रका अधिकृतबाट कुनै लापर्बाही हुन नदिन आयोगले दिने तालिममा विशेष ध्यान दिनुपर्ने, मतपत्र गन्ती गर्दा ध्यान दिनुपर्ने भन्दै सहभागीले मतदानका लागि मतदातालाई सहज गरिदिनुपर्नेलगायत धारणा राखे । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले निर्वाचन निष्पक्ष, धाँधली एवं भयरहित तुल्याउन सबै राजनीतिक दलको साथ र सहयोग आवश्यक रहेको जनाए । प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन कास्यप अधिकारीले मोरङमा सात लाख १० हजारको हाराहारीमा मतदाता रहेको उल्लेख गर्दै मतदाता शिक्षालाई प्रभावकारी ढङ्गले सञ्चालन गरिने बताए ।

अघिल्लो निर्वाचनमा मोरङमा ७४ दशमलव ९८ प्रतिशत मतदान भएको थियो । मोरङमा १२ दशमलव ३६ प्रतिशत मत बदर भएको उनले जानकारी दिए । सत्र पालिका र १५९ वडा रहेको जिल्लामा अघिल्लो निर्वाचनमा चार हजार ३५१ उम्मेदवार चुनावी मैदानमा थिए भने निर्वाचित उम्मेदवारको सङ्ख्या ८२९ तथा चुनावमा भाग लिने राजनीतिक दलको सङ्ख्या २० रहेको थियो । रासस