काठमाडौँ– नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टीलाई नीतिगत रूपमा सुझाव दिन र आफ्नो क्षेत्रका काम अघि बढाउन पार्टीका विभिन्न केन्द्रीय विभागका प्रमुखलाई निर्देशन दिएका छन् ।


ADVERTISEMENT


केन्द्रीय विभागका प्रमुखहरूको आज भएको बैठकमा उहाँले पार्टीलाई गतिशील र प्रभावकारी बनाउन विभागीय सक्रियतामा जोड दिएका हुन् । बैठकले विभागलाई छिट्टै पूर्णता दिने, कार्ययोजना बनाउने, आफ्नो क्षेत्रको काम अघि बढाउने र समन्वयात्मकरूपमा काम अघि बढाउने निर्णय गरेको छ ।


ADVERTISEMENT

# # #


एमालेको केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार बैठकमा उपमहासचिव विष्णु रिमाल, सचिव योगेश भट्टराईका साथै विभागका प्रमुखहरूले पार्टी कामका सन्दर्भमा धारणा राखेका थिए ।

बैठकमा ३३ वटा केन्द्रीय विभागमध्ये २२ विभाग प्रमुखको उपस्थिति थियो । रासस