काठमाडौं – स्वर्णिम सहाराको आयोजना तथा वीपी नेत्र प्रतिष्ठानको प्राविधिक सहयोगमा मंगलबार सहारा हेरचाह केन्द्र, सृजनानगर भक्तपुरको विशेष सहयोग तथा समन्वयमा  निशुल्क आँखा तथा नाक, कान, घाँटी परीक्षण तथा उपचार शिविर सम्पन्न गरेको छ ।


ADVERTISEMENT


सो शिविरमा ७३ जना आँखाका र ५४ जना नाक, कान, घाँटीका बिरामीहरूको परीक्षण तथा उपचार गरिएको  स्वर्णिम सहाराले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।


ADVERTISEMENT

# # #


शिविरमा उपचार हुन नसकेका ७ जना आँखा र ३ जना नाक,कान, घाँटीका बिरामीहरूलाई वीपी नेत्र प्रतिष्ठान लोकन्थलीमा पठाइएको थियो।

साथै शिविरमा आउने बिरामीहरूको सामान्य चेक जाँचका साथै १० जना विरामीको भने फिजियो थेरापीसमेत गरिएको थियो ।