काठमाडौँ – ओमानमा जारी आईसीसी टी–२० विश्वकप छनोट प्रतियोगितामा नेपालले तेस्रो स्थान हासिल गरेको छ । शुक्रबार आयोजक ओमानलाई ९ विकेटले पराजित गर्दै नेपालले ८ राष्ट्र सम्मिलित प्रतियोगितामा तेस्रो बनेको हो ।


ADVERTISEMENT


ओमानको अल अमारेत क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८७ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले १६.२ ओभरमा १ विकेट गसमाउँदै ९० रन बनायो ।


ADVERTISEMENT

# # #


नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक नटआउट ५५ रन हाने । व्यक्तिगत पाँचौँ अर्धशतक बनाएका उनले ५३ बलमा ३ चौका र २ छक्का प्रहार गरे । यस्तै आरिफ शेख २७ बलमा १ चौका प्रहार गर्दै २१ रन बनाएर नटआउट रहे । यस्तै आशिफ शेखले १८ बलमा १ चौकासहित १३ रन बनाए ।

ओमानका लागि कप्तान जिशन मक्सूदले १ विकेट लिए ।

यसअघि ओमानका लागि कप्तटान जिशन मक्सूदले सर्वाधिक २१ रन बनाए भने आयान खानले १६, नाशिम खुसीले १५ तथा कलिमुल्लाहले १४ रन जोडे ।

ओमानलाई सस्तैमा समेट्नेक्रममा कप्तान सन्दीप लामिछानेले उत्केष्ट बलिङ गरे । उनले ४ ओभरमा मात्र १३ रन खर्चिएर ३ विकेट चट्काए । यस्तै कमलसिंह ऐरी, आरिफ शेख, अविनाश बोहरा र सागर ढकालले समान ११ विकेट लिए ।

प्रतियोगितामा समूह चरणका ३ खेलमा ३ जित हात पारेको नेपाल सेमिफाइनलमा भने युएईसँग ६४ रनले पराजित भएपछि आगामी अक्टोबरमा अष्ट्रेलियामा हुने विश्वकपमा छनोट हुन असफल भएको थियो ।