काठमाडौँ – नेकपा (माओवादी केन्द्र) संसदीय दलका प्रमुख सचेतक देव गुरुङले एमसीसी सम्झौता संशोधनविना अघि बढ्न नसक्ने स्पष्ट पारे । उनले एमसीसीलाई सदनबाट पारित गरेर ऐनका रूपमा मान्यता दिए देशको सार्वभौममाथि प्रहार हुने बताए ।


ADVERTISEMENT


आइतबार प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथिको छलफलमा भाग लिँदै गुरुङले नेपाल सरकारले ल्याएको संशोधनका बुँदाहरूको ‘व्याख्यात्मक घोषणा’ एमसीए कम्पनीले स्वीकार गर्छ कि गर्दैन ? भन्ने गम्भीर प्रश्न रहेको पनि धारणा राखे । बैठकमा नेकपा एमालेका सांसदहरुले आफ्ना माग पुरा नभएको भन्दै रोष्टम घेराउ सहित नारावाजी गरेका थिए ।


ADVERTISEMENT

# # #


त्यसअघि बैठकमा अर्थमन्त्री जनार्दन शर्माले अमेरिकी सहयोग परियोजना एमसीसीमाथिको छलफल गरियोस भन्ने प्रस्ताव पेश गरेका थिए ।