नर्सिङ पेशालाई आफैँमा एक सेवामुलक क्षेत्र मानिन्छ । हुन पनि नर्सहरु ड्युटीको दौरान रातदिन नभनी निरन्तर रुपमा बिरामीको सेवामा खटिरहन्छन् । चिकित्सक र बिरामीको मध्यस्थकर्ताको रुपमा पनि रहने नर्सले बिरामीको अस्पताल बसाई अवधिसम्मै समान रुपमा उसको आवश्यकता अनुसार, स्याहार–सुसारदेखि औषधिहरुको समेत व्यवस्थापन गरी दिन्छन् ।


ADVERTISEMENT


यसबाहेक मिठो बोली, समान व्यवहार र कहिल्यै नथाकी आवश्यकता अनुसार बिरामीलाई आँट हौसला प्रदान गरी मृत्युको मुखबाट समेत बचाउनु नर्सहरुको अर्काे विशेषता हो । यसका लागि उनीहरुलाई शैक्षिक, सैद्धान्तिकसंगै व्यवहारिक ज्ञानको समेत उत्तिकै खाँचो पर्दछ । नेपालको सन्दर्भमा सरकारले समय–समयमा नर्सहरुको ज्ञानको दायरा बढाउने उद्देश्य विभिन्न तालिमहरु प्रदान गर्दै आएको  छ ।


ADVERTISEMENT

# # #


जसमध्ये  ‘इमेरजेन्सी नर्सिङ तालिम’ पनि एक हो । यसअघि सरकारसंगको सहकार्यमा टिचिङले सञ्चालन गरेको यस तालिमको प्रशिक्षणका लागि हालै मात्रै धुम्रवाराहीमा रहेको ह्याम्स अस्पतालले इच्छुक नर्सहरुलाई आह्वान गरेको छ । अस्पतालको यस निर्णयसंगै ह्याम्स निजी क्षेत्रबाट ‘इमेरजेन्सी नर्सिङ तालिम’ प्रदान गर्ने पहिलो अस्पताल समेत बन्न पुगेको छ । 

यसै विषयमा केन्द्रित रहेर अस्पतालका नर्सिङ डाइरेक्टर तथा नर्स वरुणा पौडलसंग हिमालय पोष्टकर्मी सृजना मगरले गरेको कुराकानी :

नर्सिङ कस्तो किसिमको पेशा हो ?

नर्सिङ व्यवसायिक भन्दा पनि एक सेवामुलक पेशा हो । जहाँ कुनै पनि नर्सले निःस्वार्थ भावले तीव्र रुपमा बिरामीको स्वास्थ्य सुधार गर्नका लागि आवश्यक केयर एवम् औषधी उपचारलगायतका सेवाहरु प्रदान गर्दछ ।

स्वास्थ्य संस्थाका लागि नर्सिङ सेवाको महत्व के छ ?

कुनै पनि बिरामीप्रति नर्सको भूमिका पेशागत रुपमा मात्रै आबद्ध रहेको हुदैँन । नर्सिङ सेवा भनेको बिरामीलाई प्राथमिकताका साथ दिइने एक किसिमको भावनात्मक सेवा पनि हो । उपचारका लागि बिरामी स्वास्थ्य केन्द्र अथवा संस्था प्रवेश गरेपश्चात् सबैभन्दा पहिले उसले पाउने सेवा भनेकै नर्सिङ सेवा हो ।

यसका साथै अस्पताल बसाईको क्रममा पनि बिरामीको केयर, उसले दैनिक पाउनुपर्ने र पाइरहेको उपचार एवम् त्यसको व्यवस्थापन लगायतका सेवाहरु नर्सले नै  निरन्तर रुपमा प्रदान गर्दछ । जसकारण पनि अस्पताल अवधिको क्रममा बिरामीले आफुलाई राहत महशुस गर्छन् ।

मेरो २६ वर्षभन्दा बढीको नर्सिङ सेवाअन्तर्गतको अनुभवलाई हेरेर भन्ने हो भने पनि नर्सहरु प्रायजसोः अधिकांश समय ड्युटीमै रहने भएकाले चिकित्सकले भन्दा बढी समय हामीले बिरामीहरुसंग व्यतीत गरिरहेका हुन्छौ । जसकारण पनि हामीबीच एक किसिमको छुट्टै आत्मीय सम्बन्ध समेत स्थापित भइसकेको हुन्छ । जसले बिरामीलाई छिटो हिल(निको) हुन समेत मद्दत गर्छ ।

ह्याम्स अस्पतालको सन्दर्भमा अस्पतालले कस्तो किसिमका नर्सिङ सेवाहरु प्रदान गरिरहेको छ ?

म यहाँ विगत दुई वर्षदेखि कार्यरत छु र ह्याम्सले दिइरहेको नर्सिङ सेवाको मुख्य विशेषता भनेकै ‘क्वालिटी अफ नर्सिङ सर्भिस’ लाई मुख्य रुपमा केन्द्रित गर्नु हो । यसका लागि ह्याम्सले विश्व स्वास्थ्य संगठन(डब्लूएचओले) ले नर्सिङ सेवाका लागि निर्धारण गरेको मापदण्ड अनुरुप नै आईसीयू, ओटि(अप्रेशन थ्रिएटर), इमेरजेन्सी लगायतका अन्य विभागहरुमा पनि बिरामी र नर्स संख्याको अनुपातलाई मध्यनजर गर्दै एक जना नर्सले हेर्ने बिरामी संख्यालाई छुट्याइएको छ । जसबाट यहाँका प्रत्येक बिरामीले नर्सहरुबाट समान किसिमको सेवाहरु प्राप्त गर्दै आएका छन् ।

यसबाहेक यहाँको नर्सिङ सेवाको अर्काे के विशेषता छ भने, ह्याम्सले नर्सको दक्षता अभिवृद्धि गर्दै उनीहरुमा उचित सेवा प्रदानको ज्ञानको दायरा बढाउनका लागि समय–समयमा विभिन्न तालिमहरु गर्दै आएको छ । जसमध्ये पनि अस्पतालले मुख्यगरीः इमेरजेन्सी, क्रिटिकल र इन्फेक्शन कन्ट्रोल(संक्रमण नियन्त्रण) नर्सिङ तालिमलाई प्रमुख महत्वका साथ सञ्चालन गर्दै आएको छ । ती तालिमहरु बेड साइट्सदेखि नर्सका लागि आवश्यक आधारभुत तालिमहरुलाई मध्यनजर गरी प्रदान गरिन्छ ।

यस्तै, तालिम प्रशिक्षण संयोजकबाट नै तालिम प्रदान गर्दै क्वालिटी डिपार्टमेन्ट(गुणस्तरीग विभाग), इन्फेक्शन डिपार्टमेन्ट(संक्रमण विभाग) लगायतका फरक-फरक विभागका हेर्ने छुट्टा-छुट्टै व्यक्तित्व हुनु पनि ह्याम्सको नर्सिङ सेवाको अर्काे विशेषता हो । यसै शिलशिलामा अस्पतालले दुई ब्याज ‘क्रिटिकल र्निर्सङ तालिम’ सेवा प्रदान गरिसकेको छ, भने अब आगामी चैत्र ६ गतेदेखि ‘इमेरजेन्सी नर्सिङ ट्रेनिङ’ समेत शुरु गर्न लागेका छौँ ।

‘इमेरजेन्सी नर्सिङ ट्रेनिङ’ कस्तो किसिमको प्रशिक्षण हो ?

आपत्कालीन प्रकृतिका कुनै पनि बिरामी अस्पताल आउँदा सर्वप्रथम इमरजेन्सीमै आउने हो । तसर्थ इमेरजेन्सी विभागमा आएका बिरामीहरुलाई एम्बुलेन्सबाट कसरी रिसिभ गर्ने? बिरामीलाई रेड जोनमा कसरी राख्ने? बिरामीको महत्व र उसलाई प्रदान गरिने क्रिटिकल केयर के हो ? भन्ने लगायतका प्रशिक्षणहरु यस तालिममा प्रदान गरिन्छ ।

यसबाहेक बिरामीलाई तत्काल आवश्यक स्वास्थ्य उपचार के हो ? बिरामीको स्वास्थ्य अवस्था कस्तो छ ? सो विभागमा आएका बिरामीको जीवन रक्षा कसरी गर्ने? उसलाई कस्तो किसिमको थप जाँच तथा उपचारको आवश्यकता छ ? कुन विभागमा पठाउनुपर्ने हो ? र, इमेरजेन्सी केशलाई कसरी ह्याण्डल गर्ने हो भन्ने लगायतका प्रशिक्षणहरु समेत यसै अन्तर्गत नै पर्छन् ।

यस प्रशिक्षणमा को–को सहभागी हुन सक्छन् ?

हामीले देशैभरि नर्सिङ पेशामा आबद्ध दिदीबहिनीलाई लक्षित गदै विभिन्न तालिमहरु सञ्चालन गर्ने गरेका छौँ । हाल प्रदान गर्न लागिएको ‘इमेरजेन्सी नर्सिङ ट्रेनिङ’ ह्याम्समा पहिलो पटक सञ्चालन गर्न लागेको हो । यस्तै, नेपालको सन्दर्भमा यो तालिम अहिलेसम्म कुनै पनि निजी स्वास्थ्य संस्थाले सञ्चालन नगरेको हुँदा यससंगै ह्याम्स निजी क्षेत्रबाट ‘इमेरजेन्सी नर्सिङ तालिम’ प्रदान गर्ने पहिलो अस्पताल समेत बन्न पुगेको छ ।

यसकारण पनि यस तालिमका लागि इच्छुक नर्स संख्या कति छ भन्ने अनुमान गर्न गाह्रो छ । तथापि यो तालिममा ह्याम्स अस्पतालसंगै देशैभरि छरिएर रहेका अझ त्यसमा पनि विशेषगरी जिल्ला बाहिरका नर्स दिदीबहिनीलाई बढी केन्द्रित गरेका छौँ । तसर्थ नेपालभित्र नर्सिङ सेवामा आबद्ध जोकोही दिदीबहिनीले यसका लागि आवेदन दिन सक्नुहुनेछ ।

आवेदनकै आधारमा हामीले यसपछि यस तालिमको महत्व कति रहेछ ? भन्ने कुराको निर्क्यौल पनि गर्न सक्छौँ । यद्यपि तीन महिने यस तालिमको पहिलो चरणमा हामीले ३० जनालाई मात्रै यो तालिम प्रदान गर्ने योजना बनाएका छौँ ।

प्रशिक्षणका लागि इच्छुकले आवेदन कसरी दिने ?

इच्छुक नर्सहरुले फागुन २५ गतेभित्रै आफ्नो नाम दर्ता गराई सक्नुपर्नेछ । यसका लागि अस्पतालका ट्रेनिङ को-अर्डिनेटर र इमेरजेन्सीका इन्चार्जलाई सम्पर्क गरी उहाँहरु मार्फत पनि आफ्नो आवेदन दर्ता गराउन सक्नुहुन्छ ।

यसबाहेक ह्याम्स अथवा गैर ह्याम्स सबै नर्सहरुले सहजता अनुरुप अस्पतालकै वेभ साइटमार्फत पनि आवेदन दिन सक्नुहुनेछ ।

भिडियो हेर्नुहोस्