निर्वाचनको मिति नजिकिएसँगै गृह मन्त्रालयले सुरक्षा व्यवस्था कडा बनाएको जनाएको छ । गृह मन्त्रालयले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ठूला नेता पक्राउ गर्न निर्देशन दिएको छ । शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।


ADVERTISEMENT


पार्टीका प्रमुख नेताहरुलाई पहिचान र गीरफ्तारी गर्न मन्त्रालयले निर्देशन दिएको छ । सो पार्टीका केन्द्रीय सदस्य सरला रेग्मी र मनिक लामा लाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको छ । साथै देशका विभिन्न स्थानबाट चार सय भन्दा बढी नेता कार्यकर्ता पक्राउ परेका छन् । -आजको काठमाडौं पोस्टबाट


ADVERTISEMENT

# # #