काठमाडौं – सुनको मूल्य मंगलवार ६०० रुपैयाँले घटेको छ । अघिल्लो दिन तोलामा १६ सय रुपैयाँले बढेर ९८ हजार २०० रुपैयाँ कायम भएको सुनको मूल्य मंगलवार ९७ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।


ADVERTISEMENT


यस्तै तेजाबी सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेर ९७ हजार १०० रुपैयाँमा कारोबार भएको छ । चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा ५ रुपैयाँले घटेर एक हजार ३३५ रुपैयाँमा कायम भएको महासंघले बताएको छ । सोमवार चाँदी प्रतितोला एक हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।


ADVERTISEMENT

# # #


दुई दिन लगातार ओरालो लागेको सुनको मूल्य सोमवार भने उकालो लागेको थियो । शुक्रवार र आइतवार २ हजार ४०० रुपैयाँले घटेर प्रतितोला ९६ हजार ६०० रुपैयाँमा पुगेको सुनको मूल्य सोमवार प्रतितोला १ हजार ६०० रुपैयाँले बढेर प्रतितोला ९८ हजार २०० रुपैयाँ कायम भएको थियो ।