काठमाडौं – अब तोलामा एक सय रुपैयाँ बढेमा सुनको भाउ एक लाख हुने भएको छ ।   सुनको भाउ आज शुक्रवार तोलामा नौ सय रुपैयाँले बढेपछि यस्तो भएको हो  । कारोबार हुने हप्ताको अन्तिम दिन आज सुन तोलामा नौ सय रुपैयाँले बढेर तोलाको ९९ हजार नौ सय रुपैयाँ पुगेको छ ।


ADVERTISEMENT


सुन हिजो बिहीवार तोलाको ९९ हजार रुपैयाँमा कारोबार भएको थियो । अस्ति बुधवार सुनको भाउ तोलामा १९ सय रुपैयाँले बढेर ९९ हजार पाँच सय रुपैयाँमा पुगेको थियो । तर हिजो तोलामा पाँच सय रुपैयाँले घटेको थियो ।


ADVERTISEMENT

# # #


आज चाँदीको भाउ घटबढ भएको छैन । चाँदी तोलाको १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार रुस–युक्रेन युद्धको प्रभावका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेको छ ।