काठमाडौँ– नेपाली सिने जगतको प्रख्यात अभिनेता पल शाह प्रकरणले यतिबेला राजनितिक वृत्तको समेत ध्यानाकर्षण गराएको छ ।


ADVERTISEMENT


केहि समयदेखि सामाजिक सञ्जालदेखि आम व्यक्तिको चासोको विषय बनिरहेको यस प्रकरणमाथि पहिलो पटक राजनीतिक क्षेत्रबाट पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुख खोलेका छन् । बिहिवार एक ट्विट गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले यस विषयमाथि आफ्नो धारणा दिएका हुन् ।


ADVERTISEMENT

# # #


जसमा उनले नाबालिग पिडितको पक्ष लिदैँ एक हुल जमात् नै पितृसत्तात्मक ‘मर्दकी दशओटी’ मानसिकता बोकेर पीडकको पक्ष लिनु लज्जास्पद कुरा रहेको बताएका छन् । ‘किशोरीको यौनशोषण सम्बन्धी अति संवेदनशील मुद्दामा पहिलो दृष्टिमै पीडितप्रति सहानुभूति/समर्थन हुनुपर्नेमा सामन्ती पितृसत्तात्मक ‘मर्दकी दशओटी’ मानसिकता बोकेर पीडकको पक्ष लिनु लज्जास्पद कुरा हो’, ट्विटमा उल्लेख छ ।

यसका साथै लोकतन्त्र युगमा अन्ततः न्यायिक फैसला सबैले मान्नैपर्ने बताउँदै उनले शुरूमै न्याय प्रभावित नहोस् भन्ने आफ्नो धारणा समेत व्यक्त गरेका छन् ।