काठमाडौँ – नेपालमा पनि ट्रान्सक्याथेटर इरोटिक भल्ब इम्प्लामेन्टसन (टिएभीआई) विधीबाट मुटुको भल्ब प्रत्यारोपण सुरु भएको छ ।


ADVERTISEMENT


शहीद गंगालाल हृद्धय रोग केन्द्रमा शल्यक्रिया नगरीकनै मुटुको भल्ब प्रत्यारोपण गरिएको अस्पतालका निर्देशक डा.चन्द्रमणी अधिकारीले जानकारी दिए । उक्त पद्धतीबारे जानकारी दिन शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा अधिकारीले नेपालमै पहिलो पटक फागुन १६ गते ८० वर्षकी महिलाको टिएभीआई विधिबाट सफल उपचार गरिएको बताए ।


ADVERTISEMENT

# # #


उक्त उपचार पद्धतीमा तिघ्राको धमनी फिमोरल आर्टरीबाट एक विशेष किसिमबाट निर्मित तार अर्थात क्याथेटरबाट मानव निर्मित भल्ब मुटुभित्र छिराई रोग भएको एओर्टिक भल्बको स्थानमा प्रत्यारोपण गरिने उनले बताए । बिरामीलाई बेहोस गरी छाती र मुटु चिरी शल्यक्रिया गर्न नपर्ने भएकाले जटिलता न्यून रहने बताउँदै शल्यक्रियाको तुलनामा यस उपचार पद्धति प्रभावकारी र यसमा मृत्युदर कम हुने अध्ययनले देखाएको उनको भनाइ छ ।

यो विधिबाट पहिलोपटक सन् २००२ मा फ्रान्समा उपचार गरिएको थियो । अन्य विकसित देशहरुमा पनि यो पद्धतीबाट नियमित रुपमा उपचार हुँदै आएपनि नेपालमा यो प्रविधि भित्रिएको थिएन । स्थापनाकालमा ९ शैयाबाट सेवा सुरु गरेको यस केन्द्रमा हाल २३९ शैंयासहित सेवा दिई रहेको छ ।