काठमाडौँ – नेपाल निर्माण व्यवसायी महासंघको आसन्न निर्वाचनका लागि दीपक गौतमले प्रदेश १ को उपाध्क्षय पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।


ADVERTISEMENT


राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरको निर्माण क्षेत्रमा २७ वर्ष देखि निरन्तर सक्रिय गौतम गजुरमुखी कन्सट्रक्सनका सञ्चालक हुन् । उनी यसअघि महासंघको केन्द्रीय सदस्य थिए ।


ADVERTISEMENT

# # #


उनले सार्वजनिक खरिद नियमावलीको ११औँ संशोधनका लागि भूमिका समेत खेलेका थिए । आम निर्माण व्यवसायीको हितको वकालत गर्ने उद्देश्यका साथ आफूले उम्मेदवारी घोषणा गरेको गौतमले बताए ।

महासंघको नयाँ नेतृत्व चयनका लागि फागुन २९ गते (आइतबार) निर्वाचन हुँदैछ ।