काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संकटमोचनको भूमिकामा आफ्नो पार्टी रहेको बताएका छन् । उनले जनयुद्धलाई शान्ति प्रक्रियामा रुपान्तरण गर्नु सामान्य नभएको र त्यसपछिको १२ बुँदे सम्झौता, वृहत शान्ति प्रक्रियामा माओवादी केन्द्रको भूमिका संकटमोचनकै रुपमा रहेको बताए ।


ADVERTISEMENT


उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्यौं यो पनि समान्य थिएन । यी सबै कुरामा हामी अघि बढेर देशलाई निकास दिने काम गर्यौं । अहिले पनि हामी जुनसुकै बेला देशको संकटमोचनका लागि लाग्नु पर्ने अवस्था छ ।’


ADVERTISEMENT

# # #


उनले अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्ने बेलामा पनि देश नै संकटमा पर्ने अवस्था आएको र उक्त संकट समाधान गर्न एमसीसी पास गरेर संकटमोचन गरेको बताए । शनिवार नुवाकोटमा स्व पोष्टबहादुर बोगटीको शालिक अनावरण गर्ने क्रममा अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।