काठमाडौं –  नेपाली भान्साको पहिचान नै हो- तोरीको तेल र धनियाँ । हामी यी सामान आफ्नै बारीको उत्पादन हो भनेर गर्व गछौँ । तर, वास्तविकता फरक छ । नेपालमा जति खपत हुन्छ त्यसको धेरै हिस्सा रूस र युक्रेनबाट भित्रिने गरेको छ । तर, रूसले युक्रेनमा आक्रमण गरेपछिको तनावका कारण आयात-निर्यात प्रभावित भएको छ। व्यापारको विश्वव्यापी आपूर्ति सञ्जाल नै खलबलिन पुगेको जानकार बताउँछन् ।


ADVERTISEMENT


युक्रेन र रूसबाट ल्याइरहेको सामान अब अरू देशबाट ल्याउँदा धेरै महँगो पर्छ । युक्रेनबाट प्रत्यक्ष रूपमा १४ अर्ब ४२ करोड ३३ लाख ६१ हजार रुपैयाँबराबरको ४५ प्रकारका सामान भित्रिएको भन्सार विभागको तथ्यांक छ । नेपालले यही अवधिमा रूसबाट ४ अर्ब ३१ करोड २८ लाख ५२ हजार रुपैयाँको ९१ प्रकारका वस्तु ल्याएको छ । यो तथ्यांक चालू आर्थिक वर्षको सात महिना अर्थात् माघसम्मको हो ।


ADVERTISEMENT

# # #


युक्रेनबाट यही अवधिमा १ करोड १२ लाख ३३ हजार रुपैयाँको १ लाख ६८ हजार किलो केराउ भित्रिएको छ । १ लाख १० हजार २ सय ६० किलो धनियाँको बीउ ल्याउँदा १ करोड १९ लाख ८१ हजार रुपैयाँ बाहिरिएको छ।

यसैगरी ३ अर्ब ९५ करोड ३७ लाख २४ हजारको ४ करोड ४५ हजार ५७ किलो तोरीको दाना खरिद गरिएको छ । ४८ लाख ४३ हजार ९ सय ८८ लिटर कच्चा सोयाबिन तेल ७९ करोड ४७ लाख ९० हजारमा आयात गरिएको छ । ५ करोड ७३ लाख ६४ हजार ४५८ लिटर सूर्यमुखी तेल ९ अर्ब ५१ करोड ६३ लाख ६० हजार रुपैयाँमा आयात भएको छ ।

यसबाहेक १ लाख ८९ लिटर सूर्यमुखीको बीउ र कुसुमको तेल ३ करोड ७५ लाख ८४ हजार रुपैयाँको आयात भएको छ । कुकुर र बिरालोको खाना ८ लाख ३ हजार रुपैयाँ बराबरको १ हजार ९ सय ९१ किलो आयात गरिएको छ।  अन्नपूर्ण पोष्ट दैनिकबाट।