काठमाडौं – पछिल्लो समय आक्रामक रुपमा बजार विस्तार गरिरहेको एनआईसी एशिया बैँकले शाखा सञ्जालमा शाखा सञ्जालमा समेत अन्य वाणिज्य बैँकलाई पछि पार्न सफल भएको छ ।


ADVERTISEMENT


सबै क्षेत्रका नेपाली नागरिकहरुलाई एनआईसी बैँकको पहुँचमा पुर्याउने लक्ष्यका साथ अघि बढिरहेको बैँकले देशका अधिकांश स्थानमा आफ्नो उपस्थिति जनाउन सफल भएको छ ।


ADVERTISEMENT

# # #


कुनैबेला काठमाडौँका ग्राहकमा मात्रै सीमित एनआईसी एशिया बैँक हाल ३५८ वटा शाखामार्फत देशभरका ग्राहकलाई निरन्तर बैकिङ सेवा प्रदान गर्दै आएको छ । शाखा विस्तारमा एनआईसी एशियाकै आक्रममक शैली अहिले अन्य बैँकले पनि पच्छ्याउन थालेका छन् ।

नेपालमा सबैभन्दा धेरै शाखा भएको वाणिज्य बैँक बन्न सफल एनआईसी एशिया बैँकले ७० वटा विस्तारित काउन्टरमार्फत पनि सेवा उपलब्ध गराउँदै आएको छ । यस्तै ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवासहित मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक बन्न पुगेको छ ।

सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि नेपाल राष्ट्र बैंकले बैंकहरूलाई सबै स्थानीय तहमा बैंकिङ पहुँच पुर्याउन निर्देशन दिएको थियो । सोही अनुसार वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा समेत एनआईसी एशियाको दरिलो उपस्थिति रहेको छ । यस्तै कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा बैँकले आफ्नो शाखाहरु विस्तार गर्न सफल भएको छ ।

सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि नेपाल राष्ट्र बैंकले बैंकहरूलाई सबै स्थानीय तहमा बैंकिङ पहुँच पुर्याउन निर्देशन दिएको थियो । सरकार र राष्ट्र बैंकको नीति कार्यान्वयनमा समेत सधै अगाडि देखिने एन आई सी एशिया बैंकले आफ्नो जिम्मेवारी अनुसार प्रदेश १ देखि कर्णाली तथा सुदुरपश्चिमका विकट ठाउँहरूमेत शाखा कार्यालय खोलेर सर्वसाधारणलाई सेवा दिँदै आइरहेको छ ।

बैंकको उपस्थितिले गाउँमा बैंक नहुँदा निकै लामो समय हिडेर टाढा सहरसम्म पुग्नुपर्ने बाध्यता समेत एनआईसी एशिया बैंकले कम गरेको छ । देशभर हाल सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरूका देशभर ४८४३ शाखाहरू सञ्चालनमा रहेका छन् । जसमध्येमध्येमा एनआईसी एशिया बैंकको सबैभन्दा ठूलो हिस्सा रहेको छ ।

विश्वसनीय र उत्तरदायी बैंक बन्दै ग्राहकहरूको मन जित्न सफल एन आई सी एशियाले सधै ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै सेवा प्रदान गरिरहेको छ ।  जस अनुसार बैँकले समय र प्रविधिको विकाससँगै विभिन्न किसिमका आधुनिक र प्रविधिमैत्री सेवा ग्राहकहरुलाई प्रदान गर्दै आएको छ ।

बैँकले डेबिट कार्ड, एटीएम सेवा र मोबाई तथा इन्टरनेट बैकिङबाट ग्राहकलाई आधुनिक बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । समग्र बैंकिङ्ग क्षेत्रको औषत प्रत्येक बैँकसँग १३२ वटा एटीएम रहेका छन् । तर, एनआईसी एशिया बैँकसँग हाल देशभर ४७३ वटा एटीएम रहेका छन् । जुन नेपालका २७ वटा वाणिज्य बैँकहरुमध्ये सबैभन्दा धेरै अर्थात् औषतभन्दा ३४१ ले बढी हो ।

यस्तै एनआईसी एशिया बैँकका मोबाइल बैकिङ प्रयोगकर्ता १६ लाख ८० हजार जना रहेका छन् । यो संख्या नेपालको समग्र बैँकिङ क्षेत्रको औषत तुलनामा १२ लाख १९ हजारले बढी रहेको बैँकले जनाएको छ । एनआईसी एशियाका १२ लाख ३५ हजार बढी ग्राहकहरुले डेबिट कार्ड प्रयोग गर्दै आएका छन् । जुन अन्य बैँकका तुलनामा ९ लाख ३५ हजार संख्याले बढी हो ।