काठमाडौं – नेपालका दुई बैंकरहरुले काठमाडौंदेखि भारतको कन्याकुमारीसम्म बाइकमा यात्रा गरेका छन् । सिभिल बैंकका ब्रान्डिङ एन्ड कर्पोरेट कम्युनिकेसन हेड विजयराज कसजू र सिद्धार्थ बैंकमा मार्केटिङ म्यानेजर आवाशिष ओझाले बाइकमा कन्याकुमारीसम्मको यात्रा गरेका हुन् ।


ADVERTISEMENT


नेपालको राजधानी काठमाडौंदेखि भारतको कन्याकुमारीसम्म बाइक चढेर पुगेपछि आफूहरू यसरी यात्रा गर्ने पहिलो नेपाली भएको अनुमानसमेत गकसजू र  ओझाले गरेका छन्  ।


ADVERTISEMENT

# # #


फरक बैंकमा कार्यरत भए पनि दुवै पहिलेदेखि चिनजानका साथी पनि हुन् । पेसाले बैंकमा आबद्ध भएका दुवै बाइक चलाउन र घुम्न निकै रूचाउँछन्।

आवाशिषले एक दिन कन्याकुमारीसम्म बाइकमा जाने रहर सुनाउनासाथ विजयले आफूलाई पनि सामेल गर्नका लागि अपील गरे । अन्य साथीहरूले भने जाने इच्छा नदेखाएपछि यी दुई मात्र यात्रामा हिँड्ने तय भयो । दुवैले अफिसबाट १५ दिनको बिदा लिएका थिए । यही अवधिमा काठमाडौंदेखि कन्याकुमारी पुगेर पुनः काठमाडौं फर्किनु ठूलो चुनौती थियो ।

त्यो चुनौती दुवैले स्वीकार गरेर फ्रेब्रुअरी ११ गते मध्याह्न ३ बजे दुवै गन्तव्यतिर लम्के । आवाशिष र विजयका अनुसार उनीहरुले १५ दिनमा ६ हजार आठ सय ३६ किलोमिटर बाइक यात्रा गरे।