काठमाडौँ– नेपालमा त्रिभुवन विश्वविद्यालयको केन्द्रित पुस्तकालय निर्माण हुने भएको छ ।


ADVERTISEMENT


भूकम्पपछिको पुनर्निर्माणका लागि भारतले नेपाललाई अनुदान स्वरुप दिने भनिएको २५० मिलियन अमेरिकी डलर अनुदानअन्तर्गत सो पुस्तकालय निर्माण गर्न लागिएको हो । पुस्तकालय ५० मिलियन अमेरिकी डलरमा निर्माण हुने बताइएको छ ।


ADVERTISEMENT

# # #


यसै सन्दर्भमा मंगलबार माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल र भारतीय राजदूत विनय मोहन क्वात्राको संयुक्ततामा त्रिभुवन विश्वविद्यालय केन्द्रिय पुस्तकालयको निर्माणका लागि आज आयोजित भूमिपूजन कार्यक्रम समेत सम्पन्न गरिएको छ ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका वरिष्ठ अधिकारी, दूतावासका प्रतिनिधि, केन्द्रीय परियोजना कार्यान्वयन इकाई लगायत अन्य सरोकारवालाहरुको उपस्थित रहेको थियो ।