काठमाडौं – नेपाल आयल निगम लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ ।


ADVERTISEMENT


निगमको चैत्र २ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार निगमको ४० औँ वार्षिक साधारण सभा चैत्र २५ गते, शुक्रबार नेपाल आयल निगम लिमिटेडको सभाकक्ष, टेकु, काठमाडौंमा दिउसो १ बजेदेखि सुरू हुनेछ ।


ADVERTISEMENT

# # #


निगमको साधारणसभाले पारित गर्ने ऐजेन्डाहरु यस्ता छन्ः

१) अध्यक्षज्यूको मन्तव्य र ४० औं वार्षिक साधारण सभाका लागि सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने ।

२) लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७-७८ को वासलात, नाफारनोक्सान हिसाब तथा सोही अवधीको नगद प्रवाह विवरण माथि छलफल र पारित गर्ने ।

३) ४० औं वार्षिक साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न शेयरधनीहरु तथा सञ्चालकहरूको
तर्फबाट एकएक जना प्रतिनिधि तोक्ने ।

४) आर्थिक वर्ष २०७७-७८ को लेखापरिक्षकको नियुक्ति, पारिश्रमिक एवं खर्च अनुमोदन गर्ने ।

५) आर्थिक वर्ष २०७०-७१ को लेखापरिक्षण गर्न लेखापरिक्षकको नियुक्ति र पारिश्रमिक तोक्ने ।

६) विविध